विश्वम्भरप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त
नेपालबहस संवाददाता
भदौ ४, २०८० सोमबार २०:३८:९
४ भदौ, काठमाडौं । विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा श्रेष्ठलाई सोमबार नियुक्त गरेका हुन् । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले सर्वसम्मत अनुमोदित गरेपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।
प्रधानन्यायाधीश श्रेष्ठको शपथ मंगलबार तय भएको छ । राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशको शपथ मंगलबार दिउँसो पौने २ बजे हुने भएको छ । श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । ०१६ असोज २० मा डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए ।
त्यसको ६ वर्षमै जिल्ला न्यायाधीश भएका उनी ०६२ मा तत्कालीन पुनरावेदन अदालत बाग्लुङको न्यायाधीश भए । ०७० मा पुनरावेदन अदालत पोखराको कायममुकाम मुख्य न्यायाधीश भएका उनी ०७१ मा पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश भएको करिब दुई वर्षपछि ०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए ।
उनले ०८१ असोज २० मा ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने छन् । संविधानमा प्रधानन्यायाधीश हुनका लागि सर्वोच्च अदालतमा कम्तीमा तीन वर्ष न्यायाधीश भएको हुनुपर्ने योग्यता तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र विवादः भ्याकेट निवेदनमा आज निवेदकका तर्फबाट बहस
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार