एनएमबि बैंकको वित्तीय अवस्थामा स्वस्थ वृद्धि, कमायो ३ अर्ब ४१ करोड बराबर खुद मुनाफा
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार ११:३९:३५
५ भदौ, काठमाडौं । एनएमबि बैंकले आर्थिक गतिविधिको जटिल र चुनौतिपूर्ण अवस्थामा पनि स्वस्थपूर्ण वृद्धि हासिल गर्न सफल भएको छ । अरू बैंकको खराब कर्जा आक्रामक वृद्धि भएर तनाव भएको अवस्थामा एनएमबि बैंकले खराब कर्जा भने ३ प्रतिशत तल राख्न सफल भएको छ । त्यस्तै वितरण योग्य मुनाफा पनि बैंकले १ अर्ब ५० करोड कायम गर्न सफल भएको छ ।
वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्ष भन्दा सामान्य मात्र घटेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५५ करोड थियो । बैंकले खुद मुनाफा पनि सामान्य वृद्धि गर्न सफल भएको छ । त्यस्तै प्रमुख आम्दानीको स्रोतको रुपमा रहेको खुद ब्याज आम्दानी पनि बैंकले करिब ३१ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ ।
यस बैंकको संचालक समितिको अध्यक्षमा पवनकुमार गोल्यान रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा निको पिल, जीवनकुमार कटुवाल, योगेन्द्रलाल प्रधान, उत्तम भ्लोन, शिरीष कुमार मुरारका र स्वतन्त्र संचालकमा बन्दना पाठक रहेका छन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ सुनील के.सी.देखि डेपुटी सीईओमा सुदेश उपाध्याय र गोविन्द घिमिरे रहेका छन् ।
कस्तो आयो आर्थिक वर्ष ०७९-८० को चौथो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफाः
गत आर्थिक वर्षको चौथो त्रैमास अर्थात् १२ महिनाको अवधिमा बैंकले ३ अर्ब ४१ करोड बराबर खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ३ अर्ब २९ करोड बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ३ दशमलव ६३ प्रतिशतको वृद्धि भएको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफाः
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ६ अर्ब ३८ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ८ अर्ब ३४ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानीमा ३० दशमलव ६० प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा ६ दशमलव ११ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको चौथो त्रैमासमा कम्पनीले ४ अर्ब ६५ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८ रूपैयाँ ५७ पैसा हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १७ रूपैयाँ ९२ पैसा थियो । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ३ दशमलव ६३ प्रतिशतले बढेको छ ।
वितरणयोग्य मुनाफाः
कम्पनीको वितरण योग्य मुनाफा १ अर्ब ५० करोड रहेको छ । अघिल्लो आर्थिक वर्ष वितरणयोग्य मुनाफा १ अर्ब ५५ करोड थियो । समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ३ दशमलव १५ प्रतिशतले घटेको छ । कम्पनीको प्रतिशेयर वितरण योग्य मुनाफा ८ रूपैयाँ १८ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्ष प्रतिशेयर वितरणयोग्य मुनाफा ८ रूपैयाँ ४४ पैसा थियो ।
निक्षेप, कर्जाः
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ खर्ब १० अर्ब निक्षेप संकलन गरी १ खर्ब ८९ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७८-७९ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन १३ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह पनि ८ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष २५ दशमलव ७७ प्रतिशतले बढ्दै ८ अर्ब ७४ करोड पुगेको छ भने संचित मुनाफा ३ दशमलव १५ प्रतिशतले घटेर १ अर्ब ५० करोड रूपैयाँ पुगेको छ ।
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १५५ रूपैयाँ ७९ पैसा आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा २ दशमलव ७२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा खराब कर्जा १ दशमलव ४५ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर केही बढ्दै १० दशमलव ३७ प्रतिशत पुगेको छ । स्प्रेडदर ३ दशमलव ९९ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४ दशमलव ०५ प्रतिशत थियो ।
ठुला शेयरधनीः
आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन अनुसार कम्पनीको सबैभन्दा ठूलो शेयरधनीमा एफ एम ओ, नेदरल्याण्डस रहेको छ । बैंकमा एफएमओको १३ दशमलव ६९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
लाभांश इतिहासः
कम्पनीले आर्थिक वर्ष २०७८-७९ मा ८ दशमलव २५ प्रतिशत नगद लाभांश दिएको थियो । विगत ५ वर्षमा कम्पनीले जम्मा ५६ दशमलव ५० प्रतिशत बोनस, ४८ दशमलव ७५ प्रतिशत नगद लाभांश गरि १०५ दशमलव २५ प्रतिशत लाभांश दिएको छ । ५ वर्षको औसत बोनस शेयर ११ दशमलव ३० प्रतिशत, नगद लाभांश ९ दशमलव ७५ प्रतिशत गरि कुल औसत लाभांश २१ दशमलव ०५ प्रतिशत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्ड एक साता बन्द हुने
पुष ४, २०८१ बिहिबार