चितवनमा ८ सवारीसाधन दुर्घटना गराउने निजी कलेजका बस चालकले गाँजा सेवन गरेको पुष्टि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार ११:३७:१६
५ भदौ, काठमाडौं । पूर्व–पश्चिम राजमार्गस्थित चितवनको टिकौली जंगलमा गत हप्ता ८ वटा सवारी साधनलाई ठक्कर दिने निजी कलेजका बसका चालकले लागुपदार्थ गाँजा सेवन गरेको तथ्य फेला परेको छ ।
गएको साउन ३१ गते भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको गैंडाकोटस्थित निजी क्षेत्रबाट संचालित अक्सफोर्ड कलेजको बसले विपरीत दिशातर्फ आउँदै गरेको शव बोकेको जिप, ४ वटा मोटरसाइकल र २ स्कुटरलाई ठक्कर दिएर दुर्घटना गराएका थिए । बस आशिष परियारले चलाएका थिए ।
दुर्घटनामा २० जना घाइते भएका थिए । ति घाइतेमध्ये केहीको अहिले पनि भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चालक परियार नवलपरासीको गैंडाकोट–९ का २६ वर्षका रहेको र उनले गाँजा सेवन गरेर बस चलाएको उनको स्वास्थ्य परीक्षणबाट पत्ता लागेको छ । परियारको (टिएचसी) परीक्षण गराइएको थियो । त्यसमा गाँजा सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ ।
चालक परियारलाई प्रहरीले सवारी अंगभंगको मुद्दा चलाएको छ । चालकको स्वास्थ्य अवस्थाबारे समाचार लेख्ने स्थानीय संचारमाध्यमलाई कलेजका संचालकहरुले धम्की समेत दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षा मन्त्रालयको निर्णयले सरुवा र काजका नाममा बेथिति बढ्न सक्ने
असार ६, २०८१ बिहिबार
विपन्नलाई पढाउन तीन विद्यालयमा अक्षयकोष स्थापना
असार ५, २०८१ बुधबार
सामुदायिक विद्यालय सुधार्दै भण्डारी
असार ४, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार