मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन प्रधानमन्त्री विश्वस्त
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १२:५:३३
५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गरिने जानकारी दिएका छन् । उनले भने, “यसका लागि वन ऐन संशोधनका क्रममा रहेको छ, यसले मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्नेमा मैले विश्वास लिएको छु ।”
चितवन र मकवानपुर जिल्लाका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो जानकारी दिए । सो प्रतिनिधिमण्डलमा दुई जिल्लाका मध्यवर्ती क्षेत्रका जनप्रतिनिधि तथा बासिन्दासहित नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रकुमार बाँनिया थिए ।
सो प्रतिनिधिमण्डलले निकुञ्ज क्षेत्रबाट निस्केका वन्यजन्तुले मध्यवर्तीवासीलाई दुःख दिएको, निकुञ्ज क्षेत्रका नदीजन्य पदार्थ प्रयोगमा समस्या भएको, जग्गा नापजाँचमा समस्या भएको जस्ता समस्या सम्बोधन गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डले भने, “चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका जनताको समस्या सम्बोधन हुन्छ । तत्काल वन तथा वातावरण तथा भूमिसुधार मन्त्रालय, मुख्यसचिव, सचिवसहितको छलफल राख्छु । छलफलबाट समस्या सम्बोधन हुनेमा म विश्वस्त छु ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिको कार्यभारको जिम्मेवारी उपराष्ट्रपति यादवलाई
कात्तिक २५, २०८१ आइतबार
कोपमा भाग लिन राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
कात्तिक २५, २०८१ आइतबार
नेपाल सबै धर्म, कला र संस्कृतिको साझा संगमस्थल : वरिष्ठ नेता डा. शेखर कोइराला
कात्तिक २५, २०८१ आइतबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
कात्तिक २५, २०८१ आइतबार
सोमबारदेखि सुरु हुँदै कोप–२९, तयारीका लागि सम्मेलनस्थलमा नेपाली टोली
कात्तिक २५, २०८१ आइतबार
कालीकोट दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न मुख्यमन्त्री कँडेलको निर्देशन
कात्तिक २५, २०८१ आइतबार
सोमबार १२ बजेभित्र लाइन काटिएका उद्योगमा विजुली जोड्न उर्जा मन्त्रालयलाई मन्त्रिपरिषदको निर्देशन
कात्तिक २५, २०८१ आइतबार
राष्ट्रपतिको कार्यभारको जिम्मेवारी उपराष्ट्रपति यादवलाई
कात्तिक २५, २०८१ आइतबार
पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान
कात्तिक २५, २०८१ आइतबार
सिरहा कारागार प्रकरणको छानबिन गर्न समिति गठन
कात्तिक २५, २०८१ आइतबार