विश्वकप क्रिकेटको एसिया छनोट : मलेसियाद्वारा नेपाललाई ९३ रनको लक्ष्य
इन्द्र रिजाल
बैशाख २, २०७६ सोमबार १६:५८:३१
काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोटको तेस्रो खेलमा नेपाललाई आयोजक मलेसियाले जितका लागि ९३ रनको सामान्य लक्ष्य दिएको छ ।
क्वालाम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया ३३ ओभर ५ बलमा अलआउट हुँदै ९२ रनमा समेटियो ।
नेपाली बलर चम्किएपछि मलेसियाका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । मलेसियाका लेजाड ड्यानियल बिन अहमेदले सर्वाधिक ३७ रन बनाए । यस्तै कप्तान मोहमद अमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए ।
नेपालका पवन सर्राफ र कुशल मल्लले ३र३ विकेट लिए । कमल सिंह ऐरीले २ विकेट हात पारे । सुरुवाती दुई खेलमा एक जित र एक हार व्यहोरेको नेपाल मलेसियाविरुद्ध सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ ।
मलेसियाविरुद्ध जित निकाल्दै नेपाल विश्वकपमा छनोट हुने सम्भावना कायम राख्ने योजनमा हुनेछ । २ खेलबाट २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । दुवै खेल गुमाएको मलेसिया पाँचौ स्थानमा रहेको छ ।
छनोटमा २ खेल जितेको कुवेत ४ अंकसहित शीर्ष स्थानमा छ । ४ अंक नै जोडेको युएई दोस्रो स्थानमा छ । यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा बर्षा बाधक बन्दा नेपाल युनाईटेड अरब इमिरेट्स ‘युएई’संग डकवर्थ लेविस ‘डिएल’ पद्दतिको आधारमा १ रनले पराजित भएको थियो ।
सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार