आँखा पाक्ने रोगमा ८० प्रतिशतमा ‘इन्टेरो भाइरस’ संक्रमण धेरै
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १३:५:१५
५ भदौ, काठमाडौं । नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग 'भाइरल कन्जङ्क्टिभाइटिस' मा इन्टेरो भाइरस संक्रमण बढी भएको पाइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमूना सङ्कलन गरिएको थियो ।
यसअघि प्रयोगशालाले गरेको नमूना परीक्षणमा एडिनो भाइरस देखिएको थियो । यस्तै प्रयोगशालाले सातवटै प्रदेशमा रहेका अस्पतालबाट आँखा पाक्ने रोगको भाइरसको नमूना सङ्कलन गरेर पठाउन आग्रह गरेको छ । प्रयोगशालाले नेत्र ज्योति सङ्घलाई प्रत्येक प्रदेशबाट एक सय ५० नमूना सङ्कलन गरेर पठाउन निर्देशन दिएको सूचना अधिकारी जैसीले जानकारी दिए ।
आँखा पाक्ने रोगका लक्षण आँखा रातो हुनु र चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा÷चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुनु, सुन्निने, आँखा बिझाउने÷दुख्ने र घाममा वा उज्यालोमा हेर्न गाह्रो हुनेजस्ता समस्या भाइरल कन्जङ्क्टिभाइटिसमा हुने गर्दछ ।
भाइरल कन्जङ्क्टिभाइटिस संक्रमण भएपछि जथाभावी आँखा नछुने, आँखा छुनु परेमा साबुन पानीले राम्ररी हात धुने गर्नुपर्दछ । यस्तै बाहिर घाममा निस्कँदा कालो चस्मा प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने जस्ता स्याहार आँखाको गर्नुपर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
चालु आर्थिक वर्षमा दुई लाखलाई सेवा दिने आँखा अस्पतालको लक्ष्य
मंसिर २२, २०८१ शनिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार
हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द
पुष ३, २०८१ बुधबार
जापानको होन्डा र निसानबीच एकीकरणका लागि प्रारम्भिक वार्ता
पुष ३, २०८१ बुधबार
पुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार