केन्द्रीय समितिकाे बैठकमा नेपालले भने- ‘समाजवादी क्रान्तिको कार्यक्रम अँगालेर अघि बढ्छाैं’
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १३:१३:३
५ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान बोलाएका सर्वदलीय बैठकमा एमालेको अनुपस्थितिबारे चर्को टिप्पणी गरेका छन् ।
उनले पार्टीको केन्द्रीय समितिको छैटौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुतिका क्रममा उक्त टिप्पणी गरेका हुन् । उनले पार्टीले समाजवादी क्रान्तिकाे कार्यक्रम अंगालेर अगडि बढ्ने बताए । उनले एकीकृत समाजवादी माेर्चात्यही प्रयाेजनमा गठन भएकाे बताए ।
आफूहरुले २०७८ भदौ २ गते एमालेका तत्कालीन नेतृत्वविरुद्ध विद्रोह गरेर सही गरेको बताए । तत्कालीन नेतृत्वमा रहेका केपी शर्मा ओलीले निरंकुशता र स्वेच्छाचारी शैली जारी राखेकै कारण विद्रोह गरेर भदौ ९ मा निर्वाचन अयोगमा एकीकृत समाजवादी दर्ता गराएको बताए ।
एकीकृत समाजवादी मुलुकमा गतिरोध राजनीतिक परिस्थितिलाई अन्त्य गर्न सफल हुँदै आएको र आगामी दिनमा थप सशक्त बनाउनेबारे बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने बताए । उनले राष्ट्रपति पौडेलले संसद बैठक गतिरोध अन्त्य गर्न आज बोलाएको बैठकमा एमालेका तर्फबाट कोहीपनि नजानुलाई एकीकृत समाजवादीको प्रभाव रहेको बताए । उनले पार्टीको प्रभाव र आवश्यकता बढ्दो क्रममा रहेको बताए ।
‘आज राष्ट्रपतिज्यूले संसदको जारी गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न सबै दललाई बोलाएका थिए, तर एमालेका कोहीपनि उपस्थित भएनन्’ अध्यक्ष नेपालले भने, ‘सायद त्यहाँ माधव नेपाल अर्थात एकीकृत समाजवादीको छायाँ परेर होला ।’ उनले आफू र आफ्नो पार्टी रिसराग पाल्ने र दूराशयपूर्ण तरिकाले हेर्ने पक्षमा नरहेको बताए । सबै पक्षसँग राष्ट्रिय मुद्दा र समाज विकासका लागि हातेमालो गरेर अगाडि बढ्ने पक्षमा रहेको बताए ।
उनले पार्टी विद्रोहका कारणबारे मार्क्सवाद–लेनिनवादलाई मान्ने, समाजवादी क्रान्तिको कार्यक्रम अँगालेर अगाडि बढ्ने, संघीयतालाइ बलियाे बनाउने दिशामा गइरहेको लगायत ७ दलिल प्रस्तुत गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार