माधव नेपालको ४० गृष्ठ लामो राजनीतिक प्रतिवेदनः गठबन्धनका दलप्रति नरम, एमालेप्रति गरम
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १३:३०:२४
५ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले प्रतिवेदनमा सत्ता गठबन्धनमा भएका दलहरुप्रति नरम र प्रतिपक्षी एमालेप्रति गरम दृष्टिको राखेका छन् । मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले आफ्नो ४० पृष्ठ लामो प्रतिवेदन पेश गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि गर्न खोजेका छन् ।
अध्यक्ष नेपालले तत्काल राजनीतिक परिस्थिति र सत्ता गठबन्धन नबदलिने धारणा राखेका छन् । उनले वर्तमान गठबन्धन दीर्घकालीन नभए पनि तत्कालीन राजनीतिक कार्यगत एकता भएको बताएका छन् । यो गठबन्धन दीर्घकालीन होइन तात्कालिक राजनीतिक एकतामात्र हो । त्यसैले तत्कालीन राजनीतिक परिस्थिति बदलियो भने यस्तो गठबन्धन पनि बदलिन सक्छ, उनले भनेका छन् ।
अहिले तत्काल वर्तमान राजनीतिक परिस्थिति र गठबन्धन बदलिन र हामी गठबन्धनबाट बाहिर निस्कने अवस्था छैन, अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन् । साथै उनले आफ्नो पार्टी कम्युनिस्ट पार्टीबीच एकताको पक्षमा रहे पनि तत्काल वाम एकता वा पार्टी एकताको सम्भावना नरहेको प्रस्ट्याएका छन् ।
अध्यक्ष नेपालले पार्टी एकता हुनका लागि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, सङ्गठनात्मक सिद्धान्त कार्यक्रम र कार्यदिशाजस्ता मूलभूत विषयहरूमा एकरूपता हुनुपर्नेमा जोड दिएका छन् । यस्तै अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थितिबारे संक्षिप्त टिप्पणी गर्दै प्रतिवेदनमा नेपाली समाजको विशिष्ट अवस्थाबारे पनि चर्चा गरिएको छ ।
यसैगरी पार्टीको सैद्धान्तिक वैचारिक दृष्टिकोण, समाजवादी कार्यक्रम र कार्यदिशाबारे उल्लेख गर्दै नेपालले ७ कारणले आफ्नो पार्टी एमाले भन्दा फरक रहेको र विद्रोहको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् ।
यस्तै आगामी कार्ययोजनका रूपमा नेपालले सङ्गठनात्मक काम, विचारधारात्मक, प्रचारात्मक, आर्थिक कामका साथै कार्यालय व्यवस्थापन, अभिलेख व्यवस्थापन, जनजागरण अभियान र राष्ट्रिय अभियान सञ्चालन गर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव घनश्याम भुसालको सांगठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । बैठक यही भदौ ७ गतेसम्म चल्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संगठनको पुनर्गठन, पार्टीको भूमिकालाई सशक्त बनाउनेलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
यु–१९ एसिया कपमा नेपालले दियो बंगलादेशलाई १४२ रनको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
बाढीपहिरोले पुर्याएको क्षति भरणका लागि बजेट संशोधनतिर लागे काभ्रेका स्थानीय तह
मंसिर १६, २०८१ आइतबार