जबजको सान्दर्भिकता बढेको अध्यक्ष नेपालको निष्कर्ष (प्रतिवेदनकाे पूर्णपाठ)
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १३:३५:१७
५ भदौ, काठमाडौं । सरकार साझोदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन एमालेका महासचिव मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद (जबज)को सान्दर्भिकता झनै बढेको बताएका छन् ।
मंगलबारदेखि काठमाडौंमा सुरू भएको पार्टीको छैठौं केन्द्रीय कमिटीको बैठकमा ४० पृष्ठ लामाे राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले जबजको सन्दर्भ र महत्व बढेको र यसले नेपाली मौलिकताका समाजवादको ढोका खोल्न सार्थकता प्रदान गर्ने बताएका छन् ।
उनले प्रतिवेदनमा लेखेका छन्, ‘जनताको बहुदलीय जनवादमा सामन्तवादविरूद्ध अगाडि सारिएका राजनीतिक माग, नारा र मूल्य मान्यताहरू संविधानमा संस्थागत भएका छन् । यो उपलब्धीको पक्ष हो। जनताको बहुदलीय जनवाद सामन्तवादविरोधी कार्यक्रममात्र होइन, दलाल नोकरशाही पुँजीवादविरोधी कार्यक्रम पनि हो। यो राजनीतिक कार्यक्रममात्र पनि होइन, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको कार्यक्रमसमेत हो। यसले अगाडि सारेका आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका कार्यक्रमहरू व्यवहारमा लागू भइसकेका छैनन् ।’
तर उनले जबजले नै समाजवाद पुर्याउन नसकिने, जनवादसम्म पुर्याउन सहज तुल्याउने बताए । जबजले राज्यसत्ता, कम्युनिष्ट आन्दोलन र पार्टीको लोकतान्त्रीकरणको मान्यता बोकेको बताए । समाजवादमा पुग्न जबजपछि पनि विभिन्न चरण पार गर्नुपर्ने अवस्था रहेको बताए । जबजलाई एमालेको मार्ग सिद्धान्त मान्दै आइरहेको छ । जबजका प्रतिवादक भण्डारीको २०५१ जेठ ३ गते चितवनको दासढुंगामा जिप खसालेर ज्यान लिइएको थियो । उनका हत्यारा भने अझै पत्ता लाग्न सकेका छैनन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले एकांकी र स्वेच्छचारी शैली अपनाएको भन्दै २०७८ भदौ २ गते नेपालको नेतृत्वमा खनाललगायत नेताहरुको समूहले पार्टी विद्रोह गरेर भदौ ९ मा निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दर्ता गराएका थिए ।
उनीपछि बोलेका पार्टीका नेता झलनाथ खनालले भने एमालेले मार्गदर्शक सिद्धान्त मानेको जबजको उपादेयता सकिइसकेको बताएका थिए । खनालले पार्टीले वैज्ञानिक समाजवादी विचार लिनुपर्ने धारणा राखे । बैठक बिहीबारसम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
मंसिर ११, २०८१ मंगलबार
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
मंसिर ११, २०८१ मंगलबार
मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार