कांग्रेसले भदौ १० देखि २४ सम्म गर्ने भनेको दोस्रो चरणको जनतासँग कांग्रेस अभियान स्थगित
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १४:३:११
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भदौ १० देखि २४ सम्म गर्ने भनिएको दोस्रो चरणको जनतासँग कांग्रेस अभियान स्थगित भएको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले दोस्रो चरणको अभियान स्थगित गर्ने निर्णय गरेको हो ।
भदौ १० देखि २४ सम्मका लागि नागरिक र समुदायसँग प्रत्यक्ष जोडिने गरि अभियान गर्ने पार्टी केन्द्रीय समिति बैठकले निर्णय गरेको थियो । संसद सुचारु हुने र वर्षाको पनि समयले भएकाले अभियान स्थगित गर्ने निर्णय भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । बैठकमा पहिलो चरणको अभियानको उपलब्धिबारे छलफल भएको थियो ।
यस्तै भदौ १५ भित्र भ्रातृ संस्थालाई पूर्णता दिने र विभाग गठन गर्ने पार्टीले निर्णय गरेको छ । विभाग गठनका लागि तयारीलाई निरन्तरता दिने कुरा भएको पाण्डेले बताए । उक्त अभियानका अर्को मिति आगामी दिनमा बस्ने बैठकबाट तय हुने उनको भनाइ छ ।
पदाधिकारीबीच भएको छलफलमा २० देखि ३० साउनसम्म भएको पार्टी संगठन सुदृढीकरण अभियानको समीक्षा भएको थियो । अभियानले कांग्रेसलाई गतिशील बनाउने छलफलको निष्कर्ष निकाल्दै पार्टी भ्रातृ संस्थालाई संगठन विस्तारका लागि व्यापक परिचालन गर्ने बारे पनि पदाधिकारी बैठकले निर्णय गरेको छ । पदाधिकारीको छलफल राष्ट्रिय राजनीतिभन्दा पार्टीको आन्तरिक विषयमै केन्द्रित भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार