भारतबाट प्याज आउन बन्द, नेपालमा कालो बजारिया सल्बलाउँदै
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १४:१९:३८
५ भदौ, काठमाडौं । भारतबाट नेपाली बजारमा प्यान आउने क्रम बन्द भएको छ । भारतले गत शनिबारदेखि लागू हुने गरी प्याज निर्यातमा थप ४० प्रतिशत कर लगाएपछि निर्यात हुन नसक्दा नेपाली बजारमा प्याज आउन छाडेको हो ।
योसँगै व्यापारीले कालो बजारी चलाउन सुरु गरेका छन् । यसअघि सामान्य अवस्थामा आयात गरिएको प्याजको खु्द्रा भाउ प्रतिकेजी १२० रुपैयाँ पुर्याएका छन् । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आफ्नो वेभसाइटबाट प्याजलाई मूल्य सूची हटाएको छ । प्याज आयात हुन नसकेपछि मूल्य तोक्न कठिन हुँदा सूचीबाट हटाइएको हो । नेपाल भारतबाट दैनिक एक सय टन प्याज आयात हुँदै आएको थियो । आइतबार समितिले होलसेल मूल्य प्रतिकेजी ७८ रुपैयाँ तोकेका थियो ।
भारतले थप गरेको करमा प्याज खरिद गर्दा निकै महंगो पर्ने र नेपाली बजारमा आइपुग्दा उपभोक्ताले धान्नै नसक्ने तवरमा पुग्ने व्यापारीहरु बताएउँछन् । नेपाली उत्पादनले कुल खपतको करिब १२ प्रतशित मात्र धान्ने उनीहरु बताउँछन् । आयात रोकिएसँगै कालो बजारिया माध्यमबाट प्याज भित्रिने र बजारमा प्याजको भाउ उच्च हुने उनीहरुले बताए ।
आइतबार खुद्रा प्रतिकेजी ७० रुपैयाँ रहेको प्याज मंगलबार बिहान ११० पुगेको छ । प्याज व्यापारमा कालो बजारिया सल्बलाउन पुगेका छन् । सेटिङमा प्याज भित्र्याएर चर्काे मूल्यमा बिक्री गर्न लागेका हुन् । भारतले देशभित्रै प्याज अभाव हुन थालेकाे भन्दै निर्यात राेक्ने उद्देश्यले चर्काे कर लगाएकाे अन्तर्राष्ट्रय संचारमाध्यमहरूले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
जुम्लासहित उच्च हिमाली भेगमा गड्यौलाको मलको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
किसानले उत्पादन गरेको महले बजार पायो
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार