चुरे बोर्ड सदस्य शर्माको नियुक्ति नियमविपरीत
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १४:४३:९
५ भदौ, काठमाडौं । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका बोर्ड सदस्य शशी कुमार शर्माको नियुक्ति नियमविपरीत रहेको पाइएको छ ।
२०७७ साल चैत २३ गते मन्त्रिपरिषदले शर्मालाई समितिको बोर्ड सदस्यमा नियुक्त गरेको थियो । तर समितिको गठन आदेशमा भएको व्यवस्था विपरीत शर्माको नियुक्ति भएको भन्दै सर्वोच्च अदालतमा उजुरी दर्ता भएपछि यो विषय बाहिरिएको हो । अयोग्य हुँदा हुँदै नियुक्ति गरेको भन्दै शर्मालाई पदमुक्त गरी हालसम्म लिएका सेवा सुविधा फिर्ता गराउन आदेश माग्दै सर्वोच्चता उजुरी दर्ता भएको हो ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति गठन आदेश, २०७१ अनुसार समितिको बोर्ड सदस्य नियुक्त हुनका लागि वन वा वातावरण वा आर्थिक विकाससँग सम्बन्धित योजना तर्जुमा तथा कार्यान्वयनका क्षेत्रमा कम्तीमा पनि दश वर्ष अनुभव भएको हुनुपर्दछ । तर शर्माले पेस गरेको व्यक्तिगत विवरणमा भने त्रिचन्द्र कलेजमा पार्ट टाइम जियोलोजी पढाएको भनी मात्र पेस गरेका छन् ।
शर्मालाई तत्काल बर्खास्त गर्न उजुरी परेपछि सर्वोच्च अदालतले शर्मालाई अदालतमा हाजिर हुन आदेश दिएको थियो । शर्माले पनि अदालतबाट पत्र बुझिसकेको छन् । शर्माको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७७ साल चैत २३ गते भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
राशिफलः आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार