कृषि ज्ञान केन्द्र लमजुङले तीज गीत प्रतियोगिता गर्ने
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १४:४६:४६
५ भदौ, लमजुङ । लमजुङमा जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ संचालन हुने भएको छ । हरितालिका तीजको अवसरमा कृषि ज्ञान केन्द्र लमजुङले यही भदौ १२ गते जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ सञ्चालन गर्न लागेको हो ।
‘कृषि तीज गीत प्रतियोगिता’ बेसीशहरस्थित जिल्ला समन्वय समितिको सभाहलमा संचालन हुनेछ । गीतको माध्यमबाट कृषि प्रसार तथा कृषि व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले जानकारी दिए ।
कृषि ज्ञान केन्द्रले प्रत्येक पालिकाबाट एक टिम छनौट गरी प्रतियोगितामा सहभागिताका लागि टिम पठाइदिन सबै पालिकालाई अनुरोध समेत गरेको छ ।
यस्तै, प्रतियोगिता टिम निर्माण गर्दा सम्बन्धित पालिकामा कृषि कार्यमा सक्रिय रहेको कृषक समूह वा कृषि सहकारी संस्था हुनुपर्ने, कृषक पाठशालामा आबद्ध वा सञ्चालन गर्दै आएको समूह वा सहकारी हुनुपर्ने प्रति टिममा बढिमा सात जना सहभागी हुनुपर्ने र लोकलयमा आधारित कृषिका विषयवस्तु बोकेका तीज गीत हुनुपर्ने केन्द्रले जनाएको छ ।
जिल्ला स्तरीय प्रतियोगिताबाट प्रथम हुने टिमलाई भदौ २३ गते पोखरामा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा पठाइने कृषि ज्ञान केन्द्र लमजुङका बाली संरक्षण अधिकृत विजय पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
एमाले नेता एवं लेखा समिति सभापति पोखरेलका निजी सचिवमाथि पनि ३८ लाख ठगेको आरोप
पुष १९, २०८१ शुक्रबार
बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
धौलागिरि हिमशृङ्खला
पुष १९, २०८१ शुक्रबार
अत्यधिक चिसो बढ्दा जनजीवन प्रभावित
पुष १९, २०८१ शुक्रबार