कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १६:१६:३८
५ भदौ, काठमाडौं । कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ३७ वर्षीय प्रकाश बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारका लागि कुक आइसल्याण्ड जानको लागि ८ लाख रूपैयाँ लाग्छ र त्यहाँ पुगेपछि सेक्युरेटी गार्ड र स्टोरकिपरमा मासिक १ लाख रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी दुई जना पीडितहरुबाट पटकपटक गरी ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ मिनभवनबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार