विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १६:२६:१२
५ भदौ, काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित घोडाघोडी नगरपालिका-१० बस्ने २३ वर्षीय उमेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापाको मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय मिलिग्रामसहित दमक नगरपालिका-९ बस्ने ३० वर्षीय रमेश सिवालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाकै बिर्तामोड नगरपालिका(३ मेची आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्राम र नगद ७६ हजार ३ सय १५ रूपैयाँसहित सोही ठाउँ बस्ने ३४ वर्षीय रोसन राजवंशी समेत २ जनालाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
दाङको घोराही उपमहानगरपालिका(४ सिस्ने खोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१४ घर भएका ३८ वर्षीय राजु रोकामगर र सोही उपमहानगरपालिका(४ बस्ने २० वर्षीया सविता नेपालीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका(४ सिस्ने खोला बस्ने सोमराज रैदासको घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१७ भैसाही चोकबाट रा.३ प ६३३८ नम्बरको मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१४ खोली गाउँ बस्ने ३२ वर्षीय शुशिल गहतराजलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका-१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ८९ मिलिग्रामसहित गुर्भाकोट नगरपालिका-१३ बस्ने १९ वर्षीय सनिम सिरिषलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७ वर्ष कैद सजाय मागसहित दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
१७ वर्षकी बालिका बलात्कार आरोपमा पक्राउ परेका पूर्वमेयरलाई चार दिन हिरासतमा राखिने
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य
मंसिर २९, २०८१ शनिबार
महाअभियोग लागेका दक्षिण कोरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतमा निर्भर
मंसिर २९, २०८१ शनिबार
‘पीआईए’ले सात वर्षको निलम्बनपछि अमेरिका उडान सुचारु गर्ने
मंसिर २९, २०८१ शनिबार
अफ्रिकाका १५ करोडभन्दा बढी मानिस ‘चरम गरिबी’मा
मंसिर २९, २०८१ शनिबार
मुस्ताङमा आलु ‘जोन’सञ्चालन
मंसिर २९, २०८१ शनिबार
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
मंसिर २९, २०८१ शनिबार