सरकारमा पठाएका मन्त्रीको कामप्रति पार्टीले असन्तुष्टी जनाएपछि कांग्रेसका मन्त्रीहरुले गरे सामुहिक छलफल
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १७:१६:४८
५ भदौ, काठमाडौं । सरकारमा पठाएका मन्त्रीहरुले सोचअनुसार काम नगरेको भन्दै पार्टीबाट व्यापक असन्तुष्टि आएपछि नेपाली कांग्रेसका मन्त्रीहरुले सामुहिक रुपमा बसेर छलफल गरेका छन् । पार्टीबाट पठाइएका मन्त्रीहरुको नेतृत्व सरकारको उपप्रधानमन्त्री एवं रक्षामन्त्री जिम्मेवारी सम्हालीरहेका पूर्णबहादुर खड्काले कांग्रेसका मन्त्रीहरुलाई रक्षा मन्त्रालयमा बोलाएर पार्टीको असन्तुष्टिबारे छलफल चलाएका हुन् ।
सरकारमा कांग्रेसको नेतृत्व गरेका खड्काले मंगलबार पार्टीबाट मन्त्री बनेका नेताहरुलाई रक्षा मन्त्रालयमा सरकारको काम कारबाहीका विषयमा कुराकानी गरेका थिए । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कांग्रेस ८ जना मन्त्रीले आफ्ना मन्त्रालयका काम र समस्याबारे एकअर्कामा समीक्षा गरेका छन् । मन्त्रालयका काममा भइरहेका ढिलासूस्ती र पार्टीले राखेको चासोकाबारे उनीहरुबीच छलफल भएको हो ।
उपप्रधानमन्त्री खड्काको नेतृत्व भएको छलफलमा कानुनमन्त्री धनराज गुरुङ, परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सहरी विकास मन्त्री सीता गुरुङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला तथा बालबालिका मन्त्री सुरेन्द्र आचार्य सहभागी भएका थिए । अर्थमन्त्री प्रकाशशरण महत भने क्यानडामा रहेकाले छलफलमा सहभागी भएका थिएनन् । कानुनमन्त्री धनराज गुरुङले अहिले भइरहेका काम र आगामी दिनमा गरिन काम, कानुनिर्माण लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए ।
गत महिना भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक र संसदीय दलको बैठकमा सरकारको कामको आलोचना भएको थियो । पछिल्लो समय सरकारले गरेको राम्रो कामको जस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लिने तर ल्हारक्याल लामाको नियुक्तिजस्तो विवादास्पद विषयको जिम्मा कांग्रेसले पनि बोक्नुपरेको केही नेताहरुले बताएका थिए ।
संसदीय दलको बैठकमा कांग्रेस उपसभापतिसमेत रहेका खड्काले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्यालको नियुक्तिको विषयमा प्रधानमन्त्रीसँग असन्तुष्टि राखेको जवाफ दिएका थिए । उनले पार्टीको नीतिअनुसार कांग्रेसबाट सहभागि सवै मन्त्रीहरुले काम गर्नुपर्ने भन्दै आफुले गर्ने कामबारे पार्टीसँग सुझाव र सल्लाह लिर गर्न उनले निर्देशन दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार
छत्रकोटमा जीपलाइन सञ्चालन हुँदै
पुष ११, २०८१ बिहिबार
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार