पालिकाका अध्यक्षको कार्यवाहक जिम्मेवारी वडाध्यक्षलाई दिने निर्णय कार्यान्वयनमा रोक

नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १७:३२:५०

५ भदौ, काठमाडौं । झापाको दुई पालिकाका अध्यक्षले आाफ्नो अनुपस्थितिमा वडाध्यक्षलाई कार्यवाहक तोक्ने निर्णय कार्यान्वयन नहुने भएको छ ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राई र शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले यही भदौ १ मा उपमेयरको साटो वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी जापान भ्रमणमा गएका छन् । अध्यक्ष राईले वडा अध्यक्ष अशोक सुब्बालाई कार्यवाहक बनाएका थिए ।
वडाध्यक्षलाई कार्यवाहक बनाउने निर्णय कानून विपरीत भएको भन्दै खारेजीका लागि कमल गाउँपालिकाका उपप्रमुख प्रमिला न्यौपाने उच्च अदालत विराटनगरमा रिट दायर गराएकी थिइन् ।
सो रिटमा मंगलबार सुनुवाई गर्दै उच्च अदालतको इलाम इजलासका न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न अन्तिरम आदेश दिएको हो । झापाको चार वटा पालिका गौरादह, गौरीगञ्ज, शिवसताक्षी र कमलका प्रमुख जापान भ्रमणमा छन् । प्रमुखको निर्णयले आफ्नो मान मर्दन भएको जिकिर गरेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार