सन्दीप लामिछाने एसिया कप खेल्न पाकिस्तान नजाने
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १७:४९:५७
५ भदौ, काठमाडौं । बलात्कार मुद्दाका अभियुक्त क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न टिमसँग नजाने पक्का भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज लामिछाने टिमसँग पाकिस्तान नजाने जानकारी दिएको हो ।
यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली मंगलबार राति १ बजे पाकिस्तान उड्दैछ । यसअघि टिममा लामिछानेको नाम समावेश गरिएको थियो । मुद्दाको अन्तिम टुंगो लगाउने सुनुवाइ जिल्ला अदालतमा हुने भएपछि उनलाई टिमसँगै पठाउनबाट रोकेको हो ।
मुद्दाको अन्तिम सुनुवाइ गएको साउन ३२ मा हुने भनिएपनि त्यसदिन पीडित र पीडितकी आमाको उमेर ९ वर्ष मात्र फरक देखिएको भन्दै आमाको नागरिकतासम्बन्धी कागजात झिकाउने आदेश दिएको थियो । आमाको जन्ममिति यकिनपछि मात्र मुद्दाको अन्तिम सुनुवाइ हुने आदेश भएपछि मुद्दा किनारा लाग्न बाँकी छ । सुनुवाइका लागि पेसी छ्टिटै तोकिने भएको छ ।
लामिछानेमाथि नुवाकोटकी एक नाबालिगलाई गत वर्ष भदौ ५ गते राति काडमाडौं पिंगलास्थानस्थित होटल काठमाडौं इनमा राति पुर्याई कुटपिट र बलात्कार गरेको आरोप छ । उनलाई पीडितको उजुरीका आधारमा प्रहरीको गौशाला वृत्तले असोज २० मा पक्राउ गरी अनुसन्धान सकेर कार्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।
मुद्दामा उनलाई काठमाडौंले पुर्पक्षका लागि जेल चलान गरेपनि पछि उच्च अदालत पाटनमा परेको रिटमाथि भएको आदेशबाट भने उनी २० धरौटी राखेर खुला बसेरै मुद्दा लड्न पाउने गरी रिहा भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार