कांग्रेसले भदौ १० देखि २४ सम्म गर्ने भनेको ‘समुदायसँग कांग्रेस’ अभियान अर्को निर्णय नभएसम्मका लागि स्थगित
नेपालबहस संवाददाता
भदौ ५, २०८० मंगलबार १७:५०:५४
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भदौ १० देखि २४ सम्म गर्ने भनिएको दोस्रो चरणको जनतासँग कांग्रेस अभियान स्थगित भएको छ । मंगलबार कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले पत्रकार सम्मेलन गर्दै अर्को निर्णय नभएसम्मका उक्त कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
साउनमा बसेको केन्द्रीय समिति बैठकले कांग्रेसले भदौ १० देखि २४ गतेसम्म समुदायमा कांग्रेस कार्यक्रम गर्ने निर्णय गरेको थियो । प्रचार विभाग प्रमुख विश्वकर्माले अविरल वर्षा, बाढीपहिरो, डेंगी र आँखा पाक्ने रोगले समुदाय नै प्रभावित भएकाले उक्त कार्यक्रम तत्काललाई रोकिएको जानकारी दिए ।
अविरल वर्षा, बाढीपहिरो, डेंगी तथा आँखा पाक्ने रोगबाट व्यक्ति र समुदाय नै गम्भीर रूपमा प्रभावित भएकोले हाल उनीहरूको सेवामा जुट्न सम्बन्धित तहका पार्टी संगठनहरूलाई आह्वान गर्ने र भाद्र १० देखि २४ सम्म गर्ने तय भएको समुदायमा कांग्रेस कार्यक्रम अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको जानकारी गराइन्छ, प्रमुख विश्वकर्माले भने ।
कांग्रेसले यसअघिको अभियानमा खटाए प्रतिनिधिहरुले प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिले समेत खटाएका प्रतिनिधिहरुसँग समन्वय र परामर्श गरि निर्धारित कार्ययोजना अनुसार जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा कार्यसमिति सम्मका कार्यक्रमहरु केही जिल्लामा बाहेक तोकिए वमोजिमको समयसीमा भित्रै सम्पन्न गरेको जनाएको छ ।
कांग्रेसले प्रतिकूल मौसम र विभिन्न जिल्लामा विभिन्न खाले रोग फैलिएको जोखिमपूर्ण अवस्थामा पनि पार्टीको निर्धारित कार्यक्रम सम्पन्न गर्न उत्साहकासाथ अहोरात्र खटिनुहुने केन्द्रीय प्रतिनिधि, प्रदेश प्रतिनिधि, जिल्ला प्रतिनिधि, कार्यक्रममा सहभागी सवै अग्रज नेताहरु, जिल्ला, क्षेत्र, प्रदेश, पालिका र वडा तहका कार्यसमितिका पदाधिकारी सदस्यहरु, महाधिवेशन तथा महासमिति सदस्यहरु, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका पदाधिकारी सदस्यहरुमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
आन्तरिक विशेष अभियानले पार्टीको सांगठानिक अवस्थावारे विधान सम्मत भए नभएको साक्षात परिक्षण गरिएको र सो बमोजिम गर्नुपर्ने कार्य नगरिएका वा नभएका जिल्ला, क्षेत्र, प्रदेश, पालिका वा वडाहरुलाई तत्काल गर्न गराउन निर्देशन दिई पार्टी संगठनलाई चुस्त दुरुस्त बनाउने महत्वपूर्ण कार्य गरेको कांग्रेसको बुझाई रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार