वडाध्यक्षको पहलमा स्वयंसेविकाको जीवन बीमा
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार ११:३४:३१
६ भदौ, इलाम । इलाम नगरपालिका–७ ले एकल महिलाका लागि कोष निर्माण गरेको छ । इलाम नगरपालिका–७ नं वडा कार्यालयले वडाभित्र रहेका एकल महिलाको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले कोष स्थापना गरेको हो । कोषको ब्याजबाट एकल महिलाका क्षेत्रमा काम सहजता हुने बताइएको छ ।
सीपमूलक कार्यमा सहभागी हुँदै एकल महिलाका क्रियाकलापमा सहजता प्रदान गर्न सो काम गरेको वडाध्यक्ष नरेश श्रेष्ठले बताए । उनले पहिला त एकल महिलालाई सङ्गठित बनाएको र उनीहरूको क्रियाकलापमा सहज होस् भनेर सो काम गरेको बताए । सो कोषमा एकल महिलाका तर्फबाट समेत मासिकरूपमा रु दुई सय जम्मा गरिने छ । साथै वडाध्यक्ष श्रेष्ठले समेत मासिक रु पाँच सय रकम जम्मा गर्ने बताए ।
महिला सक्षम भए पनि एकल भएपछि घरमा नै रहने तथा सामाजिक कार्यमा जुट्न अप्ठ्यारो मान्ने भएकाले पनि उनीहरूलाई सङ्गठित गरेर सामाजिक कार्यमा लाग्न प्रेरणा जगाउने उद्देश्यले आफूले सो काम थालेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । वडामा हालसम्मको तथ्याङ्कानुसार ५४ एकल महिला छन् । एकल महिलाले समिति नै निर्माण गरेर काम गर्ने योजना बनाएका छन् । वडाभित्र रहेका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको स्वास्थ्य बीमासमेत गरिदिएको छ ।
वडाले चाँडै नै ज्येष्ठ नागरिक तथा एकल महिलाका लागि तीर्थयात्रा भ्रमण गराउने योजना छ । वडाध्यक्ष श्रेष्ठकै पहलमा उक्त वडामा रहेका चार महिला स्वास्थ्य स्वयंसेविकाको जीवन बीमासमेत गरिएको छ । यो कार्य इलाम नगरपालिकाको १२ वडामध्ये वडा नं ७ ले सबैभन्दा पहिला सुरु गरेको हो । महिला स्वास्थ्य स्वयंसेविकाको जीवन बीमा वडाको बजेटबाट नभई वडाध्यक्ष श्रेष्ठले व्यक्तिगतरूपमा रु १५–१५ हजार र महिला स्वास्थ्य स्वयंसेविकाले रु १०–१० हजार तिरेर रु १०–१० लाखको जीवन बीमा गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार