वृक्षरोपणमा अवरोध खेपेका मेयर हर्क साम्पाङ पुगे प्रहरीकहाँ
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १२:४१:२५
६ भदौ, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले वृक्षारोपण गर्न जाँदा आफूमाथि दुर्व्यवहार गरेको भन्दै एक दम्पत्तिविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
गएको साउन ६ मा धरान–४ स्थित राई टोलीसहित सर्दु जलाधार क्षेत्रमा पुगेर वृक्ष रोपण गरेका थिए । त्यसक्रममा व्यक्तिको जग्गा भएको भन्दै रोशन अधिकारी र रोजिना अधिकारीले मेयर राईमाथि हातपात र दुर्व्यवहार गरेको विषयमा उनले ति दुई जनाविरुद्ध उजुरी दिएका हुन् ।
मेयर राईले अधिकारी दम्पत्तिविरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रभु ढकालले बताए । उजुरीमा नाम उल्लेख भएका व्यक्तिलाई कानुनी दायरामा ल्याउने तयारी प्रहरीले गरेको छ । राईले आफूमाथि भएका दुर्व्यवहारको भिडियो समेत बुझाएको बताइएको छ ।
राईले वृक्षरोपण गरिएको जग्गा सार्वजनिक रहेको र अधिकारी परिवारले हडपेर भोगचलन गरिरहेको दाबी गरेका छन् । विवाददित जग्गा तत्कालीन बाँझगरा गाविस–९ को किञ नं. ४२१ र ३४५ रहेको र उक्त जग्गा लामो समयदेखि अधिकारी परिवारले चलाउँदै आइरहेको बताइन्छ । जग्गा आफ्नो भन्दै अधिकारीबाट परेको मुद्दामा उच्च अदालत विराटनगरले अन्तिम टुंगो नलागेसम्म अधिकारीले भोग चलन गरिरहेको जग्गामा प्रवेश नगर्न अल्पकालीन आदेश जारी भएको अधिकारी पक्षको दाबी छ ।
उजुरी परेपछि अधिकारी दम्पत्ति फरार भएका छन् । फरार भएपछि राईले बुधबार सामाजिक संजालमा ‘कति दिन फरार हुने हो र ? ६ महिनासम्म ?’ भनेर सामाजिक संजालमा लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार