नेकपाले गर्यो सम्झौता कार्यान्वयन रोक्न एमसीसीए प्रमुख लक्षित संघर्ष घोषणा
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १३:९:४
६ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले एमसीसी परियोजना सम्झौता कार्यान्वयन रोक्ने उद्देश्यले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
काठमाडौंमा रहेको एमसीसीएको कार्यालयले यही भदौ १३ गतेदेखि सरकारसँगको एमसीसीए सम्झौता पूर्णरुपमा कार्यान्वयनमा जाने घोषणा गरिसकेको बेला नेकपाले भने कार्यान्वयन रोक्न मंगलबार एक प्रेस विज्ञप्ति निकालेर सडक संघर्षका कार्यक्रम घोषणा गरेको हो । विज्ञप्ति नेकपाका महासचिव विप्लवले जारी गरेका हुन् ।
विज्ञप्तिमा जनाइएअनुसार एमसीसी सम्झौता राष्ट्रघाती भएको र यसलाई कार्यान्वयनमा लैजान विषय पूर्णरुपले अस्वीकार्य रहेको बताइएको छ । सम्झौतामा उल्लेख विकास परियोजना राष्ट्र हितविरुद्ध रहेको नेकपाको दाबी छ ।
जारी विज्ञप्तिअनुसार भदौ ६ गते देशव्यापी वालिङ, ७ गते एमसीसीको पुत्ला दहन, ८ गते एमसीएको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन ,९ गते गाउँगाउँमा प्रचार, १० गते देशव्यापी जनप्रदर्शन, ११ गते काठमाडौंमा र १२ गते नुवाकोट, तनहुँमा अन्तरक्रिया कार्यक्रम गरिनेछ ।
यसबाट पनि कार्यान्वयन नरोकिए कडा संघर्षका कार्यक्रम संचालन गर्ने उसले जनाएको छ । नेकपाले सम्झौताको सुरुदेखि नै विरोध गर्दै आइरहेको छ । महासचिव विप्लवले संसदले गरेको १२ बुँदे टिप्पणीप्रति एमसीसीए मौन बसेको भन्दै विरोध गरेका छन् ।
नेकपाको गएको साउन अन्तिम हप्ता कपिलवस्तुमा बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले एमसीसी सम्झौता खारेजीका लागि संघर्ष संचालन गर्ने निर्णय लिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सुपारी निकासा बढाउन उत्पादन वृद्धि हुनुपर्नेमा सांसदहरुको जोड
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार