प्रगतिशील गायक जेबी टुहुरे ‘जनगायक’ घोषित
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १३:४४:३६
६ भदौ, काठमाडौं । सरकारले चर्चित प्रगतिशील गायक जुठबहादुर खडगी अर्थात जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिएको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले स्व. गायक टुहुरेलाई ‘जनगायक’को रुपमा सम्मान गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
शर्माका अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्तावमा टुहुरेलाई उक्त उपाधि दिने निर्णय गरेको हो । हृदयघातबाट टुहुरेको २०७८ भदौ १० मा बाल्खुस्थित बयोधा अस्पतालमा निधन भएको थियो । उनी २००१ साल कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका थिए । उनले आफ्नो जीवनकालभरि जनपक्षीय गीत गाएका थिए ।
वरिष्ठ जनगायक जुठबहादुर खड्गी अर्थात जेबी टुहुरेले मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ, देशभक्त छोरो मर्दा देशै रुदो रैछ’ गीत जेबी टुहुरेले गाएका थिए । २०२४ यतादेखि मात्र उनले १५० भन्दा बढी जनता गीत गाएको पाइन्छ । उनका गीत मुलुकका परिवर्तन र जनआन्दोलन उठानमा विशेष योगदान पुगेको मानिन्छ । दस वर्षे सशस्त्र संघर्षमा उनले गीत संगीतका माध्यमबाट उल्लेख्य भूमिका योगदान पुर्याएका थिए ।
उनका ‘बसाइँ हिँड्नेको ताँतीले’, ‘आमा दिदी बैनी हो’ जस्ता गीतहरू कालजयी छन् । उनी जीवित छँदै २०७५ मा जेबी टुहुरे फाउण्डेशन समेत स्थापना भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना
असोज ४, २०८१ शुक्रबार
मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन
असोज २, २०८१ बुधबार
पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्ति र्याली
असोज १, २०८१ मंगलबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
रविले ग्यालेक्सी टिभीमा तलब बापत लिएका थिए एक करोडभन्दा बढी
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वीरगञ्ज भन्सारमा एक अर्बले बढ्यो राजश्व, दुई महिनामा साढे २५ अर्ब संकलन
असोज ५, २०८१ शनिबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार
न्युयोर्क पुगे प्रधानमन्त्री ओली
असोज ५, २०८१ शनिबार
अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान
असोज ५, २०८१ शनिबार