त्रिशुली अपडेट : उद्धार गरिएका १७ मध्ये १३ जनालाई काठमाडौं ल्याइयो
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १३:४७:४४
६ भदौ, काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । प्रहरीले घटनास्थलबाट १७ जनाको उद्धार गरेको छ । दुर्घटनामा परी मृत्यु भएका तथा घाइते भएकाको परिचय खुल्न बाँकी छ ।
दुर्घटना स्थलबाट उद्धार गरिएका १७ जनामध्ये १३ जनाको थप उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सन्तु जयसवालले जानकारी दिए । थप चार जना घाइतेको धादिङकै राजमार्ग अस्पतालमा उपचार भइरहेको छ ।
जयसवालका अनुसार मृत्यु हुनेमा दुई महिला र ६ जना पुरुष छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ । बुधबार बिहान सवा ११ बजे प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रु वाहक बस दुर्घटनामा दुर्घटनामा परेको हो ।
बाढी आएको त्रिशुलीमा बस खसेकाले प्रहरीले बसमा सवार यात्रुको घटनाबारे विस्तृत आउन बाँकी रहेको जनाउँदै उद्धार कार्य जारी राखेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार