सुन तस्करी छानबिनका लागि आयोग गठन असोज ५ मा
६० केजी सुन तस्करी प्रकरणको अनुसन्धान भने सीआईबीले नै गर्ने
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १४:८:३३
६ भदौ, काठमाडौं । ६० केजी लगायत विभिन्न समयमा भएका सुन तस्करीका घटनाबारे अनुसन्धान गर्न आगामी असजो ५ गते उच्च स्तरीय छानबिन आयोग गठन गरिने भएको छ ।
आज सिंहदरबारमा बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुका शीर्षस्थ नेता र शीर्ष तहका नेताहरुको बैठकले यस्तो निर्णय गरेको छ । बैठकबाट दुई बुँदे सहमति कायम भएको छ ।
साउन ३ मा भएको ६० केजी सुन तस्करीको अनुसन्धान सीआईले नै गर्ने र ६० दिनको अनुसन्धान पूरा भएपछि भेपमा राखेर भएका लगायत अन्य सुन तस्करी प्रकरणमाथि छानबिन गर्न असोज ५ मा उच्च स्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकपछि संचारकर्मीहरुलाई बताए ।
छानबिन आयोगले गरेपनि मुद्दा चलाउने काम प्रहरी र सरकारी वकिलबाटै हुने लेखकले बताए । आयोगको क्षेत्राधिकार र समयसीमा सोही बेला तोकिने उनले बताए ।
यो सहमतिसँगै अवरुद्ध दुवै सदन आजदेखि खुल्ने उनले बताए । आयोग गठनको माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले साउन १० गतेदेखि राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध पार्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार