धार्मिक तीर्थस्थल केदारनाथ महोत्सवको तयारी पूरा
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १४:५२:२७
६ भदौ, जुम्ला । सिञ्जा गाउँपालिकाको आयोजनामा यही भदौ १० देखि १२ गतेसम्म सञ्चालन हुने ऐतिहासिक धार्मिक तीर्थस्थल केदारनाथ महोत्सवको तयारी पूरा भएको छ ।
पालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार गाउँपालिका–४ स्थित बुदबुदी बारेमा सम्पन्न हुने महोत्सवको भव्य रुपमा सफल पार्न तयारी र प्रचारप्रसारको कामलाई तीव्र गतिमा अघि बढाइएको छ ।
महोत्सवको सबै काम करिब सम्पन्न भइसकेको उनले बताए । सिञ्जा नेपाली भाषाको जन्मथलोसमेत हो । पालिकाभित्र ओझेलमा परेको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने र सिञ्जाको धार्मिक पर्यटन क्षेत्रमा केदारनाथ महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । अब हरेक वर्ष भदौ १० गतेका दिन केदारनाथमा धार्मिक मेलासमेत गरिने भएको छ ।
महोत्सवलाई सफल पार्न पवित्रस्थल केदारनाथ बुदबुदीमा गाउँ कार्यपालिकाको बैठक सम्पन्न भइसकेको छ । महोत्सवको थप व्यवस्थापन गर्न वडाध्यक्ष र कार्यपालिका सदस्यलाई जिम्मेवारीसमेत तोकिएको छ ।
जिल्लाकै ऐतिहासिक पवित्र धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने र राज्यको ध्यानाकर्षण गराउनका लागि वृहत् धार्मिक महोत्सव गर्न थालिएको हो । उक्त महोत्सवमा विभिन्न खस वेशभूषा, जुम्ली जैविक स्याउ, राडीपाखी लगायतका अन्य सामग्रीको अवलोकन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनगढीमा ‘नवौं बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु
पुष ९, २०८१ मंगलबार
आज देखि पोखरामा बेलुन महोत्सव
पुष ९, २०८१ मंगलबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार