शेयरबजारको समूहगत परिसूचकमा हरियाली, लगानीकर्ताको हाइड्रोपावर र जीवन बिमा समूहमा आकर्षण
नेपालबहस संवाददाता
भदौ ६, २०८० बुधबार १५:४४:४१
६ भदौ, काठमाडौं । बुधबार धितोपत्र दोस्रो बजारका सबै समूहगत परिसूचकमा हरियाली छाएको छ । यस दिन सर्वाधिक कमाउनेमा हाइड्रोपावर र जीवन बिमा समूहका लगानीकर्ता रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार यी दुई समूहको परिसूचक कारोबारमा आएका अरू समूहभन्दा बढेको छ ।
साताको चौथो कारोबार दिन बुधबार शेयरबजार परिसूचक नेप्से २९.४७ अंकले वृद्धि हुँदा २०४५.४५ को विन्दुमा बन्द भएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १.४६ प्रतिशतले वृद्धि भएको हो । गत सोमबार २ महिनापछि २ हजारको विन्दुबाट झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेको हो
नेप्सेको सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर क्षेत्रले सोमबार बजारलाई लिड गरेको छ । हाइड्रोपावर उपसूचक सर्वाधिक २.७४ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक २.५१ प्रतिशत र निर्जीवन बीमा उपसूचक २.१६ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचक पनि ०.७५ प्रतिशतले वृद्धि भएको हो । नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । यो साताको लगातार ३ कारोबार दिन डेढ अर्बबाट तल झरेको कारोबार रकम बुधबार भने बढेर डेढ अर्ब नाघेको छ ।
बुधबार नेप्सेमा ४४ हजार ३४० वटा कारोबारमा ४२ लाख ३७ हजार ६९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ५१ करोड ५ लाखको कारोबार भएको छ । जसमध्ये घोराही सिमेन्टको सर्वाधिक ७ करोड ५८ लाखको कारोबार हुँदा सोल्टी होटलको ७ करोड ६ लाख र आईएमई लाइफ इन्स्योरेन्सको ५ करोड ४६ लाखको शेयर कारोबार भएको छ ।
बुधबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा २०४ कम्पनीका शेयरमूल्यमा वृद्धि भएको छ । यस्तै २० कम्पनीको शेयरमूल्यमा गिरावट हुँदा ४ कम्पनीको शेयरमूल्य भने स्थिर छ । बुधबार कारोबार भएकामध्ये कुथेल बुखारी हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै ग्लोलब आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ९.६४ प्रतिशतले बढ्दा सेयरमूल्य धेरै बढ्ने कम्पनीको शिर्ष ५ मा लिवर्टी इनर्जी, दोल्ती पावर र मायाखोला हाइड्रोपावर कम्पनी छन् । बुधबार शेयरमूल्य बढेन शीर्ष कम्पनीमा हाइड्रोपावर कम्पनीहरु अगाडि छन् ।
नेप्से करिब डेढ प्रतिशतले बढ्दा पनि जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ३.५२ प्रतिशत र स्वाभिमान लघुवित्तको शेयरमूल्य २.४६ प्रतिशतले गिरावट भएको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । २७३ धितोपत्रको ४२ लाख ३७ हजार ६९ कित्ता एक अर्ब ५१ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।
सर्वाधिक रुपैयाँको सेयर कारोबार घोराही सिमेन्ट इन्डस्टीको भएको छ । यो कम्पनीको सात करोड ५७ लाख ६५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात् ५७ रुपैयाँ ९० पैसा बढेको छ । यो कम्पनीको शेयर मूल्य ६३७ रुपैयाँ ४० पैसा कायम भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार