संघियता कार्यान्वयनको सहकार्य, सहअस्तित्वमा संघ र प्रदेश चुक्यो : मेयर सिंह
आबिद हुसेन
भदौ ६, २०८० बुधबार १५:५९:४१
६ भदौ, वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा बुधबार वीरगञ्जमा अन्तर सरकार समन्वय सुदृढिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका वीरगञ्ज महानगरपालिकाका प्रमुख मेयर राजेशमान सिंहले संघियता कार्यान्वयनको सहकार्य, सह अस्तित्वमा संघ र प्रदेश चुकेको बताएका छन् ।
उनले कार्यक्रममा बोल्दै मेयर सिंहले संघियता कार्यान्वयनमा सहकार्य, सहअस्तित्व र समन्वयमा चुनौती देखिएको र यसलाई सरलिकृत गर्दै लैजानु पर्ने आवश्यकता रहेको बताए। यस्तै प्रदेश र संघबाट हुने योजना कार्यान्वयन गर्दा स्थानीय तहसँग कुनै प्रकारको समन्वय नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेशका सचिव रामकृष्ण पुडासैनी, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, प्रदेसका सुरक्षा संयन्त्रका प्रमुखहरु, पर्सा, बारा र रौतहटका प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न स्थानीय तहका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार