मुद्दाको सुनुवाइ हुने संभावना नदेखिएपछि सन्दीपलाई पाकिस्तान पठाइँदै
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १३:११:१६
७ भदौ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा जारी बलात्कारसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइको संभावना न्युन रहेको भन्दै लामिछानेलाई आउँदो आइतबार एसिया कप क्रिकेट खेल्न पाकिस्तान पठाउने भएको छ ।
मुद्दाको पेसी आइतबारका लागि तोकिए पनि त्यो दिन सुनुवाइ हुने सम्भावना कम भएपछि उनलाई आइतबार पाकिस्तान पठाउने तयारी भएको उनका कानून व्यवसायीले जनाएका छन् । यसअघि साउन ३२ मा सुनुवाइ हुने भनिएपनि रोकिएको थियो । सोबारे नेपाल क्रिकेट संघ (क्यान)लाई जानकारी दिइसकिएको छ ।
एसिया कप खेल्न राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य भने यही मंगलबार पाकिस्तान पुगिसकेका छन् । टिममा सन्दीपको नाम समावेश गरिएपनि अन्तिममा हटाइएको थियो । कपको उद्घाटन खेल भदौ १३ गते पाकिस्तान र नेपालबीच प्रतिपस्र्धा हुनेछ । त्यसपछि भारतविरुद्ध खेल्न नेपाल श्रीलंका प्रस्थान गर्नेछ । भारत र नेपालबीचको खेल भदौ १८ गते हुनेछ।
एसियाकप पछि मात्रै पेसी तोक्न सन्दीप पक्षले निवेदन दिने तयारी गरेको छ । यसअघि विश्वकप छनोट खेल्न जिम्बाबेमा जाने क्रममा पनि पेशीकै कारण टोलीभन्दा पछि त्यहाँ पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार