मीड सोलु हाइड्रोपावरको ५८ हजार ६४० कित्ता शेयर आवेदन रद्द
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १३:५३:०
![](https://nepalbahas.prixacdn.net/media/albums/Ipo-6_veqiI5K4SH_HUwFkQQGXH.jpg)
७ भदौ, काठमाडौं । मीड सोलु हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बिक्री गरेको आईपीओ बाँडफाँट गरेको छ ।बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिने आवेदकमध्ये गोलाप्रथामार्फत ७ हजार ४८४ जनालाई छनौट गरी १० कित्ताका दरले आईपीओ बाँडफाँट गरेको जनाएको छ ।
कम्पनीले साउन १४ गतेदेखि २८ गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १ सय अंकित मूल्यमा ७४ हजार ८४० कित्ता शेयर निष्कासन गरेको थियो । जसमा ३१ हजार ५२२ जना आवेदकहरुबाट ७ लाख ४ हजार २ सय कित्ता शेयरको लागि आवेदन परेको थियो ।
यो मध्ये विभिन्न कारणबाट १ हजार ८६७ जना आवेदकहरुबाट प्राप्त ५८ हजार ६४० कित्ता शेयरको आवेदन रद्द भएको थियो । यस्तै, आवेदन रुजु गर्दा थप ७ जना आवेदकबाट २६० कित्ता सेयरको लागि प्राप्त आवेदन रितपूर्वक नदेखिएकाले उक्त आवदेन पनि रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।
बाँकी हुन आएको २९ हजार ६४१ जना आवेदकहरुबाट प्राप्त ६ लाख ४५ हजार ३०० कित्ता सेयर गोलाप्रथाका लागि योग्य ठहरिएको थियो । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइटर मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कुमारी बैंकका ग्राहकहरुलाई मिसन हस्पिटलमा विशेष छुट
फागुन ५, २०८१ सोमबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह
फागुन ५, २०८१ सोमबार
मोरङमा बज्राचार्यको भब्य प्रस्तुति, मध्यरातसम्म मनमगनमा नाचे दर्शक
फागुन ५, २०८१ सोमबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार