दुई कैदीको मृत्यु प्रकरण : प्रहरीसहित १५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १४:१९:४१
७ भदौ, विराटनगर । संखुवासभा सदरमुकाम खाँदबारीस्थित जिल्ला कारागारभित्र भएको दुई जना कैदीको हत्या प्रकरणमा ७ प्रहरी र ८ कैदीसहित १५ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ ।
कैदीको हत्या प्रकरणमा संलग्न भएको पाइएका प्रहरी सहायक निरीक्षकसहित ७ प्रहरी तथा चौकीदारसहित ८ जना कैदीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरुविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धानलाई थप अघि बढाइएको संखुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
कारागारमा रहेको सीसीटीभी फुटेज अध्ययन तथा प्रत्यक्षदर्शीहरुको बयानका आधारमा घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाइएको छ । प्रारम्भिक अनुसन्धानपछि प्रहरीले ज्यान मार्ने मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
दुई साताअघि भएको कुटपिटबाट कारागारमा रहेका संखुवासभाका विनोद तोलांगी र नुवाकोट, ककनीका आकाश बलामीको मृत्यु भएको थियो । शौचालयको रड तोडेर राति कारागारबाट भाग्न खोज्दा ती दुई जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएका थिए ।
त्यसपछि उनीहरुमाथि कुटपिट भएको थियो । मृतकका आफन्त र अधिकारवादी संस्थाहरुले प्रहरीको यातनाका कारण उनीहरूको मृत्यु भएको भन्दै दोषी माथि कारबाही गर्न माग गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
मंसिर १२, २०८१ बुधबार
फापरखेतीप्रति किसानको आकर्षण घट्दै
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
थ्रेसर मेशिनको सहायताबाट धान चुट्दै किसान
मंसिर १२, २०८१ बुधबार