भरतपुर अस्पतालमा टेलिमेडिसिन सेवा
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १४:४८:३२
७ भदौ, चितवन । भरतपुर अस्पतालमा आजदेखि फोनबाट परामर्श दिने सुविधा (टेलिमेडिसिन) सुरु भएको छ । अस्पतालमा दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिनेछ ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको ०५६–५९७००३ मा फोन गरेर ‘रिङ्गटोन’ आएपछि २२२ मा डायल गरेर सेवा लिन सकिनेछ । यो सेवाअन्तर्गत रोग र उपचारसम्बन्धी जानकारीका लागि स्वास्थ्यकर्मी र चिकित्सकसँग परामर्श लिन सकिने उनले बताए ।
अर्काे महिनादेखि भिडियोबाट समेत सेवा दिने योजना अस्पतालले बनाएको उनले जानकारी दिए । यो सेवाअन्तर्गत रोग, उपचार र अस्पतालबाट प्रदान गरिने सेवासम्बन्धी परामर्श लिन सकिने उनको भनाइ छ । सामान्य समस्या लिएर अस्पतालसम्म बिरामी आउन नपरोस् भन्नका लागि सेवा सुरु गरिएको पौडेलले बताए । यसको प्रभावकारितालाई हेरेर सेवा विस्तार गरिनेछ ।
अस्पतालले फोनबाटै औषधिसम्बन्धी जानकारीसमेत दिन सुरु गरेको छ । पौडेलका अनुसार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म यो सेवा दिन सुरु गरिएको छ । उनका अनुसार औषधिसम्बन्धी साधारण परामर्शका लागि ९८०९१८१३०० वा ०५६–५९७००३ मा फोन गरी १६६ मा डायल गर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्नपूर्ण न्यूरोलाई महानगरको ७ दिनको अल्टिमेटम
असोज ३, २०८१ बिहिबार
भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने
असोज ३, २०८१ बिहिबार
भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण
असोज ३, २०८१ बिहिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
रविले ग्यालेक्सी टिभीमा तलब बापत लिएका थिए एक करोडभन्दा बढी
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मत गरिसक्न निर्देशन
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वीरगञ्ज भन्सारमा एक अर्बले बढ्यो राजश्व, दुई महिनामा साढे २५ अर्ब संकलन
असोज ५, २०८१ शनिबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार