प्राडा अधिकारी सातादेखि सम्पर्कविहीन, शिवपुरीको सीसीटीभी फुटेजमा यस्तो पाइयो
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १४:५८:१२
७ भदौ, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१ स्थित पञ्चकन्या कोलोनी निवासी प्राध्यापक डा. दलबहादुर अधिकारी एक सातादेखि सम्पर्कविहीन भएका छन् ।
अधिकारी साउन ३२ गते बिहान ११ बजे मुहानपोखरीतर्फ निस्किएका उनी अहिलेसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ । उनी हराएको विषय प्रहरीमा समेत जानकारी गराइएको छ । प्रहरीले पनि फेला पार्न नसकेको अधिकारीकी छोरी बन्दनाले बताइन् । हराएकाबारे सामाजिक संजालमा समेत सूचना राखिएको उनले बताइन् । सीसीटीभी फुटेजमा त्यस दिन उनी साढे १२ बजे शिवपुरी जाने बाटोमा देखिएको बताइएको छ ।
अधिकारीले हल्का सेतो सर्ट, खरानी रङको सुरुवाल र कालो मोजा लगाएको बताइएको छ । अधिकारी त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक हुन् । बुबालाई अल्जाइमर (बिर्सने रोग) भएको र देख्ने, भेट्नेले खबर गरिदिन समेत भनेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार