सर्वोच्चले क्षेत्राधिकारभन्दा बाहिर आएर सांसद विकास कोषको रकम कार्यान्वयनमा रोक लगाउनु गलतः सांसद
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १५:९:१२
७ भदौ, काठमाडौं । प्रतिनिधिसभामा सर्वोच्च अदालतको आदेश बिरुद्ध आवाज उठेको छ । सर्वोच्चले निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित सांसद मातहत खर्चिने गरी छुट्याएको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेशको विषयमा सदनमा सांसदहरुले प्रश्न उठाएका हुन् । सांसदहरू यो आदेशको विपक्षमा उभिएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले सर्वोच्च अदालतको आदेश उचित नभएको बताए । उनले न्यायपालिकालाई व्यवस्थापिकाको अधिकारमाथि प्रवेश गर्नु उपयुक्त नभएको बताए ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संघीय एवं प्रदेश सभाका सांसदले विकासका नाममा खर्च गर्ने तजबिजी कोषको बजेट खर्च गर्न रोक लगाएको थियो । लामो समयदेखि विवाद र आलोचनाको भुमरीमा रहेको यो तजबिजी खर्चमा रोक लगाउने इजलासको निर्णयको सांसदहरुले विरोध गरेका छन् ।
गत वर्ष रोकिएको भए पनि यो वर्ष संघीय र प्रादेशिक वार्षिक बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रम नामक कार्यक्रममा अर्बौ रकम विनियोजन गरिएको थियो । यस्तो तजबिजी कार्यक्रममा संघमा प्रतिसांसद पाँच करोड रुपियाँ तथा प्रदेशमा प्रदेशैपिच्छे फरक फरक रकम विनियोजन गरिएको छ । यसैलाई रोक्न सर्वोच्चले रकम खर्च नगर्न आदेश दिएको थियो ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले संविधानले अँगालेको शक्ति पृथकीकरणको सिद्धान्तलाई प्रभावित पार्ने गरी आदेश आएको आरोप लगाए । उनीहरुले सर्वोच्च अदालतबाट गम्भीर आदेश आएको भन्दै हाम्रो संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई अँगालेको र कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका अलग–अलग दायरा र क्षेत्रहरूको व्याख्या गरेको बताएका छन् ।
कांग्रेस सांसद श्यामकुमार घिमिरेले संघ र प्रदेशसभाका प्रत्यक्ष निर्वाचित सांसदका लागि छुट्याइएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनमा रोक लगाउने सर्वोच्च अदालतको संवैधानिक इजलासले जारी गरेको अन्तरिम आदेशको आलोचना गरेका छन् । घिमिरेले आफ्नो कार्यक्षेत्रबाहिर निस्किएर सर्वोच्चले व्यवस्थापिकाको कार्यक्षेत्रमा प्रवेश गरेको आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने
मंसिर २, २०८१ आइतबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल
मंसिर २, २०८१ आइतबार
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार