अध्यादेशबाट अर्को बजेट ल्याउने तयारीमा कोशी प्रदेश सरकार
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १६:१९:२५
७ भदौ, काठमाडौं । कोशी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ । चालु अधिवेशन बिहीबारबाट अन्त्य गरिएको छ । प्रदेशसभा बन्द रहेको अवस्थामा बजेट ल्याउन अध्यादेशको साहरा लिने तयारीमा सरकार लागेको हो ।
भदौ १० र ११ गतेभित्र अध्यादेशबाट बजेट आउने कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले बताए । यसअघि प्रदेशसभा नचलेका बेला तत्कालीन एमाले नेतृत्वको सरकारले पनि कांग्रेस, माओवादी केन्द्र, लगायत दलले समर्थन फिताृ लिएपछि आर्थिक वर्ष २०८०/८१ का लागि अध्यादेशबाट बजेट ल्याएको थियो । उक्त बजेटलाई प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत माओवादी केन्द्र, एकीकृत समाजवादीका सांसदहरुले बजेट अस्वीकार्य रहेको भन्दै प्रदेशसभामा विरोधको सूचनासमेत दर्ता गरेका थिए ।
पछि कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि मंगलबार मात्र विरोधको सूचना फिर्ता लिएर प्रतिस्थापन प्रस्ताव ल्याउने जनाएका थिए । यही क्रममा कंग्रेसका उद्वव थापा नेतृत्वको वर्तमान सरकारले पनि प्रदेशसभा अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने भएको हो ।
अहिले कोहीमा एमाले र राप्रपा प्रतिपक्षमा छन् । एमाले त मुख्यमन्त्री थापा नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै बदरका लागि सर्वोच्च अदालतमा बुधबार मात्र मुद्दा हालेको छ । जसको सुनुवाइका लागि बिहीबार पेशी तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार
खैरो हेरोइनसहित नागढुंगाबाट एक जना पक्राउ
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार