‘सांसद निर्वाचन क्षेत्रमा ५ कराेड दिने निर्णय रोक्ने सर्वोच्चको आदेश स्वागतयोग्य’
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १६:३५:११
७ भदौ, काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई प्रत्येक निर्वाचन क्षेत्रमा विकास कार्यमा खर्च गर्न भनी छुट्याइएको ५ करोडका दरले बजेट तत्काल रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश स्वागतयोग्य रहेको बताए ।
सिंहले बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ऐन, कानून बनाउने जिम्मा पाएका सांसदलाई विकास खर्चको नाममा पैसा बाँड्ने बेठीक रहेको कुरा आफूले सुरुदेखि भन्दै आएको र त्यो कुरा सर्वोच्चले पुष्टि गरेको बताए ।
संसदलाई विकास बजेट बाँडदा तालकदार र तीन तहका सरकारको योजनासँग बाझिने र सांसदलाई भ्रष्टाचारको बाटोमा लैजाने उनको भनाइ थियो ।
सर्वोच्चको आदेशलाई जनप्रतिनिधिलाई जनताको करबाट उठेको राज्यको पैसामा आँखा लगाउने काम बन्द हुने र आवश्यक ऐन, कानून बनाउने काममा केन्द्रित हुन स्पष्ट निर्देश भएको उनले बताए । उनले भ्रष्टाचार र तस्करलाई कारवाही गर्न सरकारले लिएको अभियान नरोक्न आग्रह गरे ।
बैठकमा बाेल्ने केही सांसदहरूले भने सर्वाेच्चकाे आदेश व्यवस्थापिकाकाे क्षेत्राधिकारमाथि हस्तक्षेप हुने गरी आएकाे बताएका थिए ।
संघतर्फ १६५ र प्रदेशतर्फ ३३० प्रत्यक्ष निर्वाचन क्षेत्रका लागि मात्र संघ र प्रदेश सरकारबाट करि १९ अर्ब रुपैयाँ बजेट चालु आवमा बाँडिने अवस्था थियो । सर्वोच्चको आदेशपछि उक्त निर्णय तत्कालका लागि रोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
पुष १२, २०८१ शुक्रबार
नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्ण: स्वास्थ्यमन्त्री पौडेल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
नक्कली डाक्टर बनेर लुटपाट गरेपछि...
पुष १२, २०८१ शुक्रबार
बिजुलीकलीलाई हात्ती सुन्दरी प्रतियोगिताको उपाधि
पुष १२, २०८१ शुक्रबार
श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघे काठमाडौं आउँदै
पुष १२, २०८१ शुक्रबार
बागमती बगरमा तरुल उत्पादन गर्दै किसान
पुष १२, २०८१ शुक्रबार