सुदुरपश्चिमबासीले मनाए राजधानीमै गौरा पर्व
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १७:३:५९
७ भदौ, काठमाडौं । राजधानीलाई कर्मथलो बनाएर सुदुरपश्चिमवासीले बिहीबार राजधानीमै गौरा पर्व मनाएका छन् । बसोबास गर्दै आएका सुदुरपश्चिमबासीले आज गौरापर्व मनाएका छन् । भदौ ७ देखि ९ गतेसम्म चल्ने उक्त पर्वको पहिलो दिन सुदूरपश्चिम तथा मध्यपश्चिमका मानिसको उल्लेख्य उपस्थिति थियो ।
काठमाडौँको टुँडिखेलमा प्रशंसा संरक्षण समूहको आयोजनामा भएको मेलामा सुदुरपश्चिम र कर्णाली प्रदेशको कला तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । गौरा 'पार्वती'को पूजा गरी मनाइने उक्त पर्वमा आत्मशान्तिसँगै मोक्ष्य प्राप्त हुने विश्वास जनमानसमा छ ।
कार्यक्रममा उपस्थित खडकबहादुर सिजापतीले आफ्नो कला संस्कृति र धर्मलाई बचाइ राख्नका निम्ती सबै सुदूरपश्चिम, कर्णाली र मध्यपश्चिमका मानिसलाई लक्षित गरी मनाउने गरिएको बताए ।
उनले आफूहरुको पहिचान जोगाउनका लागि पनि कला सांस्कृतिको संरक्षण गर्दै गौरा पर्व मनाउने गरिएको बताए। उनले विशेष गरी युवाहरूले यस पर्वलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले यस पर्वलाई सुदूरपश्चिमको सिञ्जा उपत्यकाको सभ्यताका रूपमा जोगाउनुपर्ने बताए । उनले भने, “देउडा गीतको माध्यमद्वारा सबैको आकर्षण बढाएर सुदूरपश्मिको संस्कृतिलाई सबैमाझ चिनाउने मुख्य उद्देश्य हो ।”
जुम्ला घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका शारदा थापाले राजधानीमासमेत आफ्नो पर्व मनाउन पाउँदा खुसी भएको व्यक्त गरे । उनले सुदूरपश्चिममा पाइने विभिन्न प्रकारका खानासँगै आफ्नो कला, संस्कृति र नृत्यसमेत हेर्न पाउँदा खुसी व्यक्त गरे । उनले गौरा पर्व देशभर मनाउनुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलाश तीर्थयात्राः कष्टपूर्ण परिक्रमा, गैर जिम्मेवार एजेन्सी
असोज ३, २०८१ बिहिबार
तीर्थस्थलमा विश्वकर्माको प्रतिमा सेलाउन थालियो
असोज ३, २०८१ बिहिबार
माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा
असोज ३, २०८१ बिहिबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
रविले ग्यालेक्सी टिभीमा तलब बापत लिएका थिए एक करोडभन्दा बढी
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मत गरिसक्न निर्देशन
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वीरगञ्ज भन्सारमा एक अर्बले बढ्यो राजश्व, दुई महिनामा साढे २५ अर्ब संकलन
असोज ५, २०८१ शनिबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार