पत्रकार थुन्ने म्याद बढाएकाेमा मस्कोको निन्दा
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १७:५२:२४
७ भदौ, बर्लिन । जर्मनीले वाल स्ट्रिट जर्नलका पत्रकार इभान गेर्शकोविचलाई तीन महिना हिरासतमा राख्ने रुसी अदालतको निर्णयको निन्दा गरेको छ ।
विदेशमन्त्री एनालेना बेरबकले मस्कोको यो निर्णयलाई ‘क्रुर’ प्रणालीको उदाहरण भएको बताउँदै उनलाई निःशर्त थुनामुक्त गर्न माग गरेका छन् ।
पत्रकार गेर्शकोविचलाई जासुसीको आरोपमा गत मार्चमा पक्राउ गरिएको थियो । उनले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । मस्कोस्थित कारागारमा उनलाई राखिएको छ । उनीमाथि लगाइएको अभियोगमा आज भएको सुनुवाइका बेला अदालतमा कुनै पनि पत्रकारलाई प्रवेश दिइएको थिएन ।
मखुण्डोलगाएका सुरक्षाकर्मीले हथकडी लगाएका उनलाई अदालतमा लिएर गएका थिए । रुसले उनीमाथि लगाइएका आरोपको कुनै प्रमाण दिएको छैन । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले पत्रकार गेर्शकोविचलाई बिना शर्त तत्काल रिहा गर्न माग गरेका छन् । एएफपी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै
असोज ५, २०८१ शनिबार
गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु
असोज ४, २०८१ शुक्रबार
उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
रविले ग्यालेक्सी टिभीमा तलब बापत लिएका थिए एक करोडभन्दा बढी
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मत गरिसक्न निर्देशन
असोज ५, २०८१ शनिबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
वीरगञ्ज भन्सारमा एक अर्बले बढ्यो राजश्व, दुई महिनामा साढे २५ अर्ब संकलन
असोज ५, २०८१ शनिबार
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
असोज ५, २०८१ शनिबार