बाग्मतीभित्र चल्ने सार्वजनिक गाडीको भाडा बढ्यो, कहाँ जान कति ?
नेपालबहस संवाददाता
भदौ ७, २०८० बिहिबार १८:११:२४
७ भदौ, काठमाडौं । बागमती प्रदेशभित्र सवारी भाडा वृद्धि भएको छ। इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशले सवारी भाडा समायोजन गरेको हो। भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको छ।
काठमाडौं उपत्यकाभित्र गुड्न सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा कायम गरिएकामा एक रुपैयाँ बढाएर १९ पुर्याइएको छ।
उपत्यकामा १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटरसम्म ३५ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ।
ट्याक्सी भाडा पनि बढेको छ। सुरू फ्याग डाउन ५२ रुपैयाँ कायम गरिएको छ। प्रति २०० मिटर १० रुपैयाँ ३४ पैसा कायम गरिएको बागमती प्रदेशको राजपत्रमा उल्लेख छ।
प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको पनि भाडा बढेको छ। काठमाडौं–नारायणगढको बस भाडा ४३३ रुपैयाँ कायम भएको छ। १४६ किलोमिटर दुरीको काठमाडौं–नारायणगढमा यसअघि ४२१ रुपैयाँ भाडा थियो।
काठमाडौं–नारायणगढ–हेटौंडासम्मको भाडा ६५५ रुपैयाँ कायम भएको छ। काठमाडौं–पनौतीसम्मको भाडा ९२ रुपैयाँ कायम गरिएको छ। काठमाडौं–बाह्रबिसेसम्मको भाडा ३०३ रुपैयाँ कायम भएको छ।
काठमाडौं–बल्खु–हेटौंडासम्मको भाडा ६४२ रुपैयाँ कायम भएको छ। नारायणगढ–धादिङबेसीसम्मको भाडा ३०६ रुपैयाँ कायम भएको छ। काठमाडौं–जिरीसम्मको भाडा १ हजार ३८ रुपैयाँ कायम भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
मंसिर ११, २०८१ मंगलबार
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार