ललितानिवास प्रकरणमा सीआईबीको प्रतिवेदनमै प्रश्न, व्यक्तिको जग्गा खरिद गर्दा कसरी भयो कीर्ते ?
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १०:१४:१८
७ भदौ, काठमाडौं । सीआईबीले बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा सरकारी कागज कीर्ते गरेको अभियोगमा २८६ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको छ । सीआईबीले प्रतिवेदन बुझाएपछि यसबारे विभिन्न टीकाटिप्पणी हुन थालेका छन् । प्रतिवेदनमा प्रतिवादी बनाइएका अधिकांशले व्यक्तिसँग जग्गा खरिद गरेका छन् । व्यक्तिसँग जग्गा किन्दा कसरी कीर्ते भयो भन्ने आम प्रश्न उठेको छ ।
खासमा सुवर्ण शमशेर जबरा समेतको नाममा नेपाल गजेट भाग ३, मिति २०१८ फागुन १९ गते अतिरिक्तांक ४३ मा श्री ५ को सरकार गृह मन्त्रालयको सूचना प्रकाशित गरी सम्पत्ति रोक्का एवं जफत रहेको सम्पत्ति श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालयको मिति २०४७/०४/०८ र २०४७/०२/१७ एवं २०४७/०२//१४ को निर्णय पत्रादेशले हरण भएको सम्पत्ति फुकुवा गर्ने र प्रचलित कानुनले दिएको हदसम्म मात्र फिर्ता दिने भनि सरकारद्वारा निर्णय भएको जग्गा हो, ललितानिवास ।
अहिले व्यक्ति व्यक्ति हुँदै पाँचौ व्यक्तिबाट जग्गा खरिद गरेकाहरू किर्ते अभियोगमा परेका छन् । उनीहरूसँग जग्गा किन्दा तिरेको भन्दा बढी रकम विगो भराउन भनिएको छ । कीर्ते गर्नेमा दोषी त मुल व्यक्ति हुनुपर्ने हो । तर, जग्गाको खास किर्ते गर्ने व्यक्ति को हो भन्ने नखोजि तीन पुस्तापछिका व्यक्तिसँग जग्गा किनेकाहरूलाई अभियुक्त बनाइएको छ । जग्गा किनेका र फिर्ता गरेका बीचमा अन्तर के हो भन्ने पनि प्रतिवेदनमा छैन । प्रतिवेदनले केवल सर्वसाधारण र व्यवसायीलाई मात्र आतंकित बनाउन खोजेको छ ।
व्यक्तिसँग खरिद गरेको जग्गा फिर्ता गर्दा पनि व्यक्तिलाई नै फिर्ता हुने हो । तर, मैले जग्गा फिर्ता गरे भनेर आउनेलाई छुट दिइएको छ । व्यक्तिसँग किनेको जग्गा सरकारलाई फिर्ता दिएको भनिएको छ । व्यक्तिसँग किनेको जग्गा फिर्ता गर्दा कसरी सरकारी भयो र उ कारवाहीबाट जोगियो भन्ने कुरा सीआईबीले खुलाएको छैन् । यसले सीआईबीको प्रतिवेदन बदनियतपूर्ण र निर्णयकर्ताहरुलाई मात्र बचाउने खेल भएको आरोप लाग्न थालेको छ ।
यस सम्बन्धमा विविध अतिरञ्जित समाचार समेत आइरहेका छन् । सरकार र यससँग सम्बन्धित पक्षधरहरुको बेलाबेला सरोकार रहने राजनीतिक एजेन्डामा नराम्रो गरी मन्थनिएको जमिन हो ललितानिवास । उसो त त्यहाँको सयौं रोपनी जमिनमाथि कुनै पनि किसिमको गडबडी थिएन वा भएन भनेर भन्न सकिँदैन । तर पछिल्लो समय सरकारले गरिरहेको अनुसन्धान र त्यसले समाएको बाटो अनौठो, विरक्त लाग्दो र पुर्वाग्रहीपूर्ण देखिएको पीडितहरु बताउँछन् ।
पूर्वमन्त्री चन्द्रदेव जोशीकै विषय पनि विवादास्पद छ । उनी सीआईबी अफिसमा मेरो बयान लिइदिनुस् भनेर पटक पटक गए तर सीआईबीले आफ्नै ढोकामा आएको पूर्वमन्त्री देखेन र फरार करार गरी प्रतिवेदन सरकारी वकिललाई बुझायो । त्यो पनि साठी करोडभन्दा बढी बिगो कायम गरेर संगठित अपराध र किर्ते नाम दिइएको यही मुद्दामा सरोकार राखेका पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधव कुमार नेपाललाई चाहि दूधले धोइदिने काम सीआईबीले गरेको छ ।
उनीहरूको दैलोमै गएर हजुर केही लेखि दिनुस् भन्ने प्रशासन र कानुनले आफ्नै दैलोमा उभिएको पूर्वमन्त्रीलाई फरार लेख्यो । प्रशासन र कानुनको यो हदसम्मको असमानता कानुनी राज्यमा कमै पाइन्छ । अझ आश्चर्यलाग्दो कुरा के छ भने फरार करार गरिएका केही अभियुक्तहरू अभियोगबाटै मुक्ति पाएको भन्ने पनि बुझिन आएको छ । त्यही जमिन किन्ने एउटा जग्गाधनी अपराधमा संलग्न छ भनी देखाउने प्रतिवेदनले अर्को जग्गाधनीलाई भने अभियोग नै नलगाईकन सरकारी वकिल कोमा पुगेको छ ।
एउटै प्रतिवेदनमा फरार रहेको प्रतिवादी अभियोगबाट मुक्ति पाएको छ । सूत्र भन्छ, किर्ते र सांगठनिक अपराधकै कुरा गर्ने हो भने नेपाल सरकार, अख्तियारका तत्कालीन प्रमुख, यो विषयमा पटक पटक फैसला दिने सर्वोच्च अदालत, नापी तथा मालपोत, पहिलो जग्गाधनी र उसले खडा गरेका नक्कली मोही कारक हुनुपर्छ । रजिष्ट्रेशन पास गरी, सरकारी राजश्व बुझाई, एउटा जग्गाधनीबाट पैसा लगानी गरेर खरिद गर्ने आम नागरिकलाई यो अपराधमा संलग्न छ भनी प्रतिवादी बनाएको विषयले कानुनी राज्यको प्रतिनिधित्व नगरेको झल्को दिन्छ ।
मीनबहादुर, उनका परिवार सम्मिलित कुनै कम्पनीसँग सरोकार राखेका ६–७ जना सञ्चालकहरुलाई व्यक्ति पिच्छे अलग अलग बिगो कायम गरी प्रतिवेदन बुझाइएको छ । जब की व्यवसायीक कारोबारका निमित्त खडा भएको कम्पनी स्वयंमा एक व्यक्ति मात्र हो । यो सँग सम्बन्धित रहेका सबै सञ्चालक खोज्नु, तिनका घरपरिवार भित्र छिर्नु र व्यक्ति केन्द्रित अनुसन्धान र अभियोग लगाइनु राज्यसत्ताले कुनै व्यक्ति विरुद्ध प्रतिशोधको राजनीति गरिरहेको जस्तो भान हुन्छ ।
नेपाल सरकारले बेलाबेलामा गरेको निर्णयहरू, अख्तियार र सर्वोच्चका आदेश एवं फैसलाहरू, यी सँग सम्बन्धित कार्यान्वयन गर्ने सरकारी निकाय र पक्षहरु अनि पटक पटक उठेका हदम्यादका विषयमा महान्यायाधिवक्ताको कार्यालय र प्रधानमन्त्री कार्यालय समेतले गरेका निर्णयहरूलाई पूर्ण रुपमा नजरअन्दाज गरी अबोध, अन्जान र साधारण नेपाली नागरिक जग्गाधनीहरुलाई अस्वाभाविक तनाव सृजना गरी जबरजस्ती जग्गा छोड्न बाध्य बनाई 'आनको तान' बिगो सृजना गरी कसैलाई काखा र कसैलाई पाखा गर्ने गरी बनेको छानविन प्रतिवेदन र त्यसले सृजना गर्ने कानुनी दायित्वले भविष्यमा ठूलो सामाजिक समस्या देखा पर्न सक्ने सम्भावना बढेको छ ।
फरार अभियुक्त भन्ने तर अभियोग नलगाउने, कम्पनीको कारोबारमा कम्पनीलाई नै अभियोग लगाए पुग्ने ठाउँमा सबै सञ्चालक र घरपरिवार शाखा सन्तान, छोराछोरी सबैलाई जनही प्रतिवादी बनाई जनही बिगो खोज्नु हास्यास्पद मात्र नभई कानुनी राज्यको खिल्ली उडाइरहेको कुरा प्रष्टैसँग देखिएको छ । यसले सरकारी अनुसन्धान के का लागि र किन गरिएको हो भन्ने मै दुविधा देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
एसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार