छानबिन समितिले सुरु गर्यो आरती साह मृत्यु प्रकरणकाे छानबिन
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार ११:२९:१
८ भदौ , काठमाडौं । आरती साह मृत्यु प्रकरणको छानबिन गर्नका लागि नेपाल प्रहरीले गठन गरेको विशेष छानबिन टोली घटनास्थल जनकपुरधाममा पुगेको छ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विकास खनालको नेतृत्वमा बनेकाे छानबिन समिति बिहीबार जनकपुरधाम उपमहानरपालिका–९ थापाचोक पुगेको हो ।
गएको जेठ ७ गते आरतीलाई उनकै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनका माइती पक्षले आरतीलाई दाइजो नल्याएको निहुँमा सासु, ससुरा, देवार मिलेर हत्या गरी आत्महत्याको दोष लगाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उजुरी दर्ता र अनुसन्धान गर्न प्रहरीले नमानेपछि आरतीका बहिनी, बाबु र आमा लगायत ६८ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना बसिरहेका छन् ।
यस्तो अवस्थाबीच संसदको दुवै सदनमा सांसदहरुले आरतीको हत्यारा पत्ता लगाएर कारवाहीको दायरामा ल्याउन बारम्बार आवाज उठाएपछि प्रहरीले समिति गठन गरेर अनुसन्धान सुरु गरेको हो ।
टोलीले अनुन्धान सुरु गरेको छ । समितिका सदस्य वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेखर खनाल सहितको टिमले घटना स्थल, मृतकका माईती तथा ससुराली पक्षका आफन्तहरू, छिमेकीहरूसँग, ईन्सेक र आरेक नेपाल, अभियानी तथा अन्य निकायका पदाधिकारीहरूसँग जानकारी लिएको छ । प्रहरीले यसअघि नै दुई जनालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार