बीईको शुल्क ३ लाखबाट बढाएर ७ लाख ७७ हजार पुर्याएपछि विद्यार्थी उत्रिए प्रर्दशनमा
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १३:१७:७
८ भदौ, काठमाडौं । दोब्बरभन्दा बढी शुल्क बढाएको भन्दै विद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क वृद्धि गरेको विरोधमा विद्यार्थी आन्दोलित भएका हुन । उनीहरुले शुक्रबार संयुक्त रूपमा काठमाडौंमा प्रर्दशन गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियन पुल्चोक क्याम्पसको अगुवाइमा ७ विद्यार्थी संगठनले डिन कार्यालय पुल्चोकदेखि माइतीघर मण्डलसम्म प्रर्दशन गरेका हुन् । डिन कार्यालयले अवैधानिक र अवैज्ञानिक रूपमा गरेका शुल्क वृृद्धि फिर्ता लिनुपर्ने एकसुत्रीय माग राखिएको छ ।
प्रर्दशनमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत ७ विद्यार्थी संगठनमा आबद्ध विद्यार्थी सहभागी थिए । यी विद्यार्थी संगठनले यसअघि पनि छुट्टाछुट्टै रूपमा शुल्क वृद्धिको विरोध गर्दै खारेजीको माग राख्दै आएका छन् ।
इन्जिनियरिङ डिन कार्यालयले आंगिक क्याम्पसहरूले लिन पाउने शुल्क ३ लाख १८ हजारबाट वृद्धि गरेर शिक्षण शुल्क ७ लाख ७७ हजार पुर्याइएको छ । अध्ययन संस्थानको पुल्चोक, थापाथली, पोखरा, धरान र चितवनमा आंगिक क्याम्पसहरू सञ्चालनमा रहेका छन् । वृद्धि भएको शुल्क आगामी शैक्षिक सत्रदेखि यी क्याम्पसमा लागू हुने डिन कार्यालयले जनाएको छ । क्याम्पसहरू घाटामा रहेका कारण देखाउँदै शुल्क बढाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन विश्वविद्यालयका विभिन्न संकायमा ८ जना डीन र ३ निर्देशक नियुक्त
मंसिर ३०, २०८१ आइतबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार