एसएसपी खत्रीले सम्हाले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १३:२३:४२
८ भदौ, काठमाडौं । हालै प्रहरी प्रधान कार्यालय नक्सालबाट सरुवा भई काठमाडौं प्रहरी परिसर प्रमुखको जिम्मेवारी पाएका वरिष्ठ प्हरी उपरिक्षक (एसएसपी) भुपेन्द्र खत्रीले शुक्रबार कार्यभार सम्हालेका छन् । खत्रीले टेकुस्थित काठमाडौं प्रहरी परिसर पुगेर जिम्मेवारी सम्हालेका हुन् ।
केही दिनअघि गृह मन्त्रालयले खत्रीलाई काठमाडौं प्रहरीको कमान्ड सम्हाल्ने जिम्मेवारी दिएको थियो । खत्री रौतहटमा नेपाली कांग्रेसका तत्कालीन सांसद मोहम्मद अफताव आलमलाई हतकडी लगाएर व्यवसायिक दक्षता प्रस्तुत गरिसकेका सुरक्षा अधिकारी हुन् ।
पहिलो संविधानसभाको निर्वाचनको अघिल्लो दिन अर्थात २०६४ चैत २७ गते दिउँसो रौतहटको राजपुरस्थित आफ्नै घरनजिक बम बनाउने काममा लगाइएका युवाहरु विष्फोटनमा परी घाइते हुँदा आलमकाे निर्देशनमा घाइतेहरूलाइ बोरामा पोका पारेर नजिकैको चिम्नी भट्टको आगोमा हालेर जिउँदै जलाएको अभियोगमा मृतकका परिवार सदस्यहरुले दिएको जाहेरीका आधारमा आलमलाई आफू रौतहट प्रहरी प्रमुख हुँदा खत्रीले २०७७ मा कार्तिकमा पक्राउ गरी मुद्दा चलाएका थिए । आलम ज्यान मुद्दामा जिल्ला अदालतको आदेशमा हाल नख्खु कारागार ललितपुरमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार