प्रहरी निरीक्षकमाथि बञ्चरो प्रहार गर्नेहरुको परिचय खुल्यो
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १३:५०:५३
८ भदौ, काठमाडौं। गएराति झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोलानजिक नियमित सवारी जाँचमा खटिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) युवराज कटुवालमाथि बञ्चरो प्रहार गर्ने समूहमा संलग्नहरुको पहिचान खुलेको छ ।
मापसे गरी ३ जना चढेर आइरहेका मोटरसाइकललाई रोक्ने क्रममा एक जनाले ओर्लेर निरीक्षक कटुवालमाथि बञ्चरो प्रहार गरेका थिए । टाउको र हातमा गहिरो चोट लागेको कटुवालको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार गराइरहेको छ ।
प्रहरीले मोटरसाइलकसहित तीन जनालाई नै पक्राउ गरिएको बताएपछि उनीहरुको परिचय खुलाएको थिएन । बिहीबार मात्र उनीहरुको परिचय बाहिर ल्याइएको छ । जसअनुसार झापाको शिवसताक्षी नगरपालिका–९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार भएका उनीहरुले मादक पदार्थ (मापसे) र लागू औषध सेवन गरेको पाइएको छ ।उनीहरुको साथबाट लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम बरामद भएको समेत प्रहरीको दाबी छ । अभियुक्तहरूलाई आजै सार्वजनिक गरिने भएकाे छ ।
घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय झापाको विशेष टोली खटिएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार