अर्घाखाँचीमा निःशुल्क माटो परीक्षण, कृषक खुशी
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १४:२३:२८
८ भदौ, सन्धिखर्क 'अर्घाखाँची' । अर्घाखाँचीको कृषियोग्य जमिनमा रहेको माटोको अवस्था थाहा पाउन कृषि ज्ञान केन्द्रले डिजिटल प्रविधिबाट माटो परीक्षण सुरु गरेको छ । डिजिटल प्रविधिबाट माटो परीक्षणका लागि ‘मिनी ल्याब’ सञ्चालनमा आएपछि कृषक पनि खुसी भएका छन् । माटो परीक्षणका लागि जिल्लाबाहिर जानुपर्ने कृषकहरुको बाध्यता हटेको छ । माटोमा कुन पदार्थ कति छ र माटोमा उर्वराशक्ति बढाउन के गर्नुपर्छ भन्ने जानकारी गराउन पनि माटो परीक्षणले कृषकलाई सहज हुनेछ ।
जिल्लाका कृषकले ल्याएको माटोको नमूना प्रयोगशालामा निःशुल्क परीक्षण गरिने कृषि ज्ञान केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले बताए । कृषकले ज्ञान केन्द्रमा आउन नपाएको खण्डमा पालिकाको कृषि शाखाका प्राविधिकमार्फत माटोको नमूना पठाएर पनि माटोको परीक्षण गरिने उनले जानकारी दिए । उनले कृषकले आफ्नोे खेतबारीबाट माटोको नमूना पालिकाको कृषि शाखामा पठाएपछि पालिकाको कृषि शाखामार्फत कर्मचारीले सन्धिखर्कको ज्ञान केन्द्रमा लगेर परीक्षण गरी पालिकामा पठाइने जानकारी दिए ।
माटो परीक्षणको नमूना सङ्कलनका लागि तथा कृषकलाई माटो परीक्षणका बारेमा जानकारी दिन जिल्लाका छवटै पालिकामा ११ प्राविधिक खटाइएको ज्ञान केन्द्रका प्रमुख घिमिरेको भनाइ छ । प्राविधिकले पालिकामा नमूना सङ्कलन गरी रिपोर्टसमेत पालिकामा बुझाएर कृषकलाई सहज हुने बताएको छ ।
डिजिटल माटो परीक्षण मिनी ल्याब सञ्चालनमा आएसँगै प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, पिएचलगायत कुन पदार्थ माटोमा कति छ भन्ने जानकारी हुनेछ । माटोको उर्वराशक्ति बचाउन तथा बढाउन र माटोको अम्लीय पदार्थ कति छ भन्ने थाहा हुने भएपछि यसले कृषकहरुलाई सजिलो हुने भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यविन्दुमा फोहोरबाट जैविक मल उत्पादन सुरु
असोज ४, २०८१ शुक्रबार
तनहुँमा पनि स्ट्रबेरीखेती
असोज ४, २०८१ शुक्रबार
कृषि उपजका लागी नेपाल किसान महासंघले माग्यो सरकारसँग अनुदान
असोज २, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिने सहमति
असोज ४, २०८१ शुक्रबार
माइतीघरबाट पक्राउ परेका टिकाराम भुसालमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान सुरु
असोज ५, २०८१ शनिबार
सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु
असोज ५, २०८१ शनिबार
वेस्ट ह्याममाथि चेल्सीको शानदार जित
असोज ५, २०८१ शनिबार
साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित
असोज ५, २०८१ शनिबार