व्यवसायीको गुनासो सुनेपछि राष्ट्रपतिले बोलाए गभर्नर
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १४:३४:७
८ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबिच भेटवर्ता भएको छ । शुक्रबार शीतल निवासमा गभर्नर अधिकारीलाई बोलाएर देशको अर्थतन्त्रबारे जानकारी लिएका छन् । गभर्नर अधिकारीले राष्ट्रपतिलाई देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले देशको अर्थतन्त्रसँगै नेपाल राष्ट्र बैंकको कार्यबारे अधिकारीसँग चासो राखेका थिए ।
बिहीबार व्यवसायीहरुसँग छलफल गरेपछि राष्ट्रपति पौडेलले आज राष्ट्र बैंकका गभर्नर अधिकारीलाई बोलाएर अर्थतन्त्रको सुधारको लागि निजी क्षेत्रले राखेका जिज्ञासामा छलफल गरेको बताइएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं कार्यसमिति सदस्यहरुले विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजीबीच सहकार्य आवश्यक रहेको राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी भएमात्र नेपालको अर्थव्यवस्थामा ८० प्रतिशतभन्दा बढी हिस्सा रहेको निजी क्षेत्रले काम गर्न सक्ने उनीहरुके माग थियो । विप्रेषणमा निर्भरता बढ्दै जानु, निर्यात घट्दै जानु, नीतिगत सुधार र सामन्जस्यता नहुँदा आन्तरिक तथा विदेशी लगानी बढ्न नसक्नु, सेवा प्रवाहमा बेला–बेलामा अबरोध देखा पर्ने गरेका विषयमा छलफलभएको थियो ।
निजी क्षेत्र र सर्वसाधारणको मनोबल घटेका अहिलेको अवस्थामा बजारमा माग सिर्जना गर्न सरकार, केन्द्रीय बैंक र निजी क्षेत्रले एक आपसमा सहकार्य गर्नुपर्ने विषयमा छलफल गर्न राष्ट्रपतिले गर्भनर अधिकारीलाई बोलाका हुन् । गभर्नरले पुँजीगत खर्च, बैंक वित्तीय संस्थाहरुबाट पनि कर्जा प्रवाह हुन नसकेको अवस्थामा बजारमा मागको कमी आएको जस्ता विषयको जानकारी गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकमा उपस्थित हुन सत्ता पक्षका सांसदलाई ह्वीप, कुन समितिमा कतिवटा छन विचाराधीन विधेयक ?
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
अन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सौगात मल्ल र गरिमा शर्मा अभिनय रहने ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त
पुष १२, २०८१ शुक्रबार