नेपाल किसान महासंघले बुझायो मुख्यमन्त्री थापालाई २० बुँदे ज्ञापनपत्र
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १५:९:६
८ भदौ, काठमाडौं । नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिले कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापालाई २० बुँदे ज्ञापनपत्र बुझाएको छ । बिहीबार बिराटनगर स्थित मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगी उक्त ज्ञापनपत्र बुझाएको हो ।
बिगतदेखि बर्तमानसम्म देशमा सरकार बन्ने र फेरिने कार्य भैरहदा किसानका समस्याहरु भने जहाँको त्यहि रहेका र किसानका समस्यामा जुनसुकै दलको सरकार बनेपनि कुनै सुनुवाइ नभएको भन्दै नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिले मुख्यमन्त्री उद्धब थापालाई २० बुँदे ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको नेपाल किसान महासंघका केन्द्रीय सदस्य केशब भट्टराईले नेपालबहस डटकमलाई बताए ।
प्रारम्भमा नेपाली कांग्रेसका कोशी प्रदेश सभापति तथा प्रदेश सांसद उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त भएकोमा नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिको तर्फवाट बधाई सहित सम्मान पत्र हस्तान्तरण गरिएको थियो । केन्द्रीय सदस्य केशब भट्टराई तथा प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त समेत गरेका थिए ।
नेपाल किसान महासंघले मुख्यमन्त्री थापालाई बुझाएको २० बुँदे ज्ञापनपत्र प्रदेश सचिव यज्ञप्रसाद भट्टराईले पढेर सुनाएका थिए भने उक्त ज्ञापनपत्र महासंघका केन्द्रीय सदस्य केशब भट्टराई तथा कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईले संयुक्त रुपमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापालाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री थापाले नेपाल किसान महासंघले निरन्तर रुपमा किसानका सवालमा काम गरिरहेको प्रति खुसी ब्यक्त गर्दै प्रदेशमा आफ्नो पार्टीको सरकार बनिरहदा थप अपेक्षा राख्नु स्वभाभिक भएको बताएका थिए । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले महासंघले उठाएका २० वटा मागहररु अत्यन्तै जायज र आवश्यक रहेको भन्दै यी बिषयमा कहाँ, कसरी र कहिलेसम्ममा सम्बोधन गर्न सकिन्छ रु यस विषयमा प्रदेश कृषिमन्त्री तथा कृषि मन्त्रालयसँग तत्काल बसेर नेपाल किसान महासंघ कोशी प्रदेशलाई जानकारी गराउने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।
ज्ञापनपत्र बुझाउन जाने महासंघको टोलीमा महासंघका केन्द्रीय सदस्य केशव भट्टराई, प्रदेश अध्यक्ष राजेन्द्र भट्टराई, प्रदेश उपसभापति नबिनकुमार चौधरी, प्रदेश सचिव यज्ञप्रसाद भट्टराई, प्रदेश सदस्यहरु,कृष्णराज दाहाल, केशब बस्नेत, जय बहादुर तामाङ्ग, भावना अर्याल, गोपालप्रसाद दाहाल, श्रीप्रसाद तिवारी, महासंघ झापाका जिल्ला अध्यक्ष रत्न थिङ्गलाबो, मोरङ जिल्ला अध्यक्ष वसन्त हुमागाँई, जिल्ला सदस्यहरु लगायतको उपस्थिति रहेको कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार