सरकार मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने मिसनमा लागेकाे छ : माधव नेपाल
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १६:३४:४९
८ भदौ, काडमाडौं । सरकार घटक नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार पाँच वर्षसम्म चल्ने दाबी गरेका छन् ।
शुक्रबार वीरगन्जमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गन्धबन्धन सरकार पाँच वर्षसम्म जाने र तस्कर, भ्रष्टाचारीमाथिको कारवाही निरन्तर चल्ने बताए । उनले जुनसुकै बेला तस्करी र भ्रष्टाचार काण्डमाथि सरकारले छानबिन गर्ने उनको भनाइ छ ।
मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने मुख्य ध्येय रहेको बताउँदै छानबिनमा निर्दोष व्यक्ति पर्न नहुने बताए ।भ्रष्टाचारमुक्त मुलुक बनाउने मिसनमा सरकार रहेकाे उनकाे भनाइ छ । मुलुकलाई समाजवादमा पुर्याउन समाजवादी मोर्चा गठन भएको उनले बताए ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकपा मिलेर समाजवादी मोर्चा गठन गरेका छन् । मोर्चाको हालै बसेको बैठकले सात वटै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप आज मधेश प्रदेशका लागि वीरगन्जमा सभा आयोजना गरिएको हो । सभाको व्यवस्थापन जसपाले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार