ग्रीसमा अपहरण गरी २१ लाख ७५ हजार फिरौती लिने चार जना सीआईबीको नियन्त्रणमा
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १६:४६:९
८ भदौ, काठमाडौं । युरोपेली मुलुक ग्रिसमा तीन जना नेपालीलाई अपहरण गरेर काठमाडौंमा फिरौती लिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार सर्वियाबाट लुकिछिपी ग्रिस प्रवेश गर्ने क्रममा तीन जना नेपाली गत साउन २८ गते अपहरणमा परेका थिए ।
मोरङ रंगेलीकी सावित्रा थापा, उदयपुर त्रियुगाका कृष्ण कार्की र काभ्रे नमोबुद्धका राजन सत्याललाई अपहरण गरेर १५ हजार युरो फिरौती मागिएको थियो । उनीहरू सिजनल भिसामा सर्विया गएका थिए। त्यहाँको काम चित्त नबुझेपछि लुकिछिपी ग्रिस जान लागेका थिए । वैदेशिक रोजगारीको सिलसिलामा सर्बिया पुगेका एक महिला र दुई पुरुषलाई ग्रीस प्रवेश गर्ने क्रममा पाकिस्तानी नागरिक तथा तिनका सहयोगीले अपहरण गरेका थिए ।
पक्राउ पर्नेमा धनकुटाका शिवराज कुँवर, काठमाडौंका रामेश्वर अर्याल, कपिलवस्तुका प्रकाश बेल्बासे र पर्वतका दिलबहादुर थापा रहेका छन् । उनीहरूलाई अपहरण गरेलगत्तै हिन्दी भाषा बोल्ने ती व्यक्तिले ह्वाट्सएपमार्फत परिवारलाई सम्पर्क गरी १५ हजार युरो फिरौती मागेका थिए ।
अपहरणमा परेका तीनै जना वैदेशिक रोजगारीको सिलसिलामा सर्बिया गएको र त्यहाँको रोजगार तथा तलब सुविधा चित्त नबुझेपछि लुकिछिपी ग्रिस जाने क्रममा अपहरणमा परेका थिए । पीडितका परिवारले अपहरणकारीले भनेबमोजिम नेपालमा रहेका विभिन्न व्यक्तिलाई २१ लाख ७५ हजार रुपैयाँ बुझाएका थिए । सो घटनामा संलग्न नेपालीहरूलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरी फिरौती रकमसमेत सीआईबीले बरामद गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
‘खतरनाक नयाँ युग’ : जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट
पुष १२, २०८१ शुक्रबार
कैलास मानसरोबरको सिजन सुरुः पैसा असुल्न एजेन्सीको होडवाजी, यसरी ठगिन्छन् तिर्थालु
पुष १२, २०८१ शुक्रबार
महोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार