देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठजना समातिए
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १७:१७:३३
८ भदौ, काठमाडौं। देशका विभिन्न स्थानबाट आठजना लागुऔषधसहित पक्राउ परेका छन् । मोरङकाके विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित सुन्दर हरैचा नगरपालिका-४ बस्ने ३५ वर्षीय अनिल शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका-१० दोदा पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ डोकेबजार बस्ने २० वर्षीय सुमित चौधरी र १९ वर्षीय जोगराज चौधरी रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-८ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय गोविन्द रानालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सिरहाको गोलबजार नगरपालिका-६ दुर्गामन्दिरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नरहा गाउँपालिका-५ बस्ने १९ वर्षीय रन्जन यादव, सोही नगरपालिका-६ मझौवा बस्ने २६ वर्षीय धर्मेन्द्र महतो र मिर्चैया नगरपालिका-५ बस्ने ३१ वर्षीय दिपेन्द्र कुमार साह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो गोलबजारबाट खटिएको प्रहरीले म।प्र ०२-००६ प १२४८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
धादिङको गल्छी गाउँपालिका-७ वाईसकिलाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोसहित मकवानपुर कैलास गाउँपालिका बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले ना।५ ख ५८४० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
गरगहना चोरीमा संलग्न रहेको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
करिब २२ किलो अवैध लागूऔषध चरेशसहित तीन जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार